२०८३ साउन ९ शनिबार

काठमाडौंका होर्डिङ बोर्ड हटाउन महानगरको एक हप्ते समय सीमा

ई आर्थिक    बुधबार, मंसिर १८ २०७६
28.3K
Shares
काठमाडौंका होर्डिङ बोर्ड हटाउन महानगरको एक हप्ते समय सीमा

ई–आर्थिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले नियम विपरीत शहरलाई कुरूप बनाई राखिएका होर्डिङ बोर्ड हटाउने भएको छ । अदालतको आदेशानुसार कामपाले पछिल्लो समय त्यस्ता होर्डिङ्ग बोर्ड हटाउन सक्रियता देखाउन थालेको हो ।

विज्ञापन होर्डिङ बोर्ड, भित्तेलेखन, भित्तामा टाँसिएको पोस्टरलगायत सामग्री नहटाएको भन्दै महानगरपालिकाविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको थियो।
यस्ता बोर्डहरु हटाउन सात दिनको समय दिइएको कामपाका प्रवक्ता ईश्वर डङ्गोलले जानकारी दिए ।

सम्बन्धित व्यक्ति र संस्थाले उक्त समयभित्र पनि नहटाए कामपाले आफैंले हटाउने भएको छ । महानगरले आफैं हटाउनु पर्ने भए कारवाहीसँगै हटाएको ज्यालासहित सम्बन्धित पक्षले दिनुपर्ने महानगरपालिकाले जानकारी दिएको छ ।

अहिले पुलतीसडक, बागबजार, बानेश्वर, कोटेश्वर, चावहिल, कलङ्कीलगायत स्थानमा नियम विपरीतका विज्ञापन राख्ने कार्य भएको छ।

नियमानुसार सार्वजनिक जग्गामा विज्ञापन राख्ने नपाइने, झ्याल ढोका छोपी राख्न नपाइने, विज्ञापन राखेकै भरमा छिमेकीलाई असर पार्न नहुने, सम्पदा भएका स्थानमा सम्म राख्न नपाइने कानूनी व्यवस्था रहेको महानगरले जानकारी दिएको छ । सोही व्यवस्थालाई महानगरले परिपालना गराउने पनि महानगरका प्रबक्ता डङ्गोलले जानकारी दिए ।

विसं २०७२ भदौ १६ गते सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले शहरका घर, पर्खाल, छत, बिजुलीको पोल र सडकका डिभाइडरमा रहेका पर्चा पम्प्लेट, भित्तेलेखन, अनधिकृतरूपमा राखिएका होर्डिङ बोर्ड, विज्ञापन बोर्डलाई हटाई पुनः प्रयोग गर्न नदिन आवश्यक निवारणात्मक व्यवस्था गर्न आदेश दिएको थियो ।

सर्वोच्चले आदेश दिएको चार वर्षसम्म पालना नभएको भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले अदालतको अवहेलनामा कारवाही गर्न हालै रिट दायर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij