५२ पदको लागि भएको निर्वाचनमा नेकपाले ३१, नेपाली काँग्रेसले १३, समाजवादीले ४, राजपाले ३ र स्वतन्त्रले १ स्थानमा जित हासिल गरे
ई–आर्थिक, काठमाडौं । यही मंसिर १४ गते भएको उपनिर्वाचनको सम्पूर्ण परिणाम आएको छ । मत परिणाम अनुसार प्रतिनिधिसभा सदस्यको १ स्थानकोलागि कास्की क्षेत्र नम्बर २ मा भएको निर्वाचनमा नेकपाकी विद्या भट्टराईले २४,३९५ मत प्राप्त गरी विजय हासिल गरेकी छन् । भट्टराईले नेपाली काँग्रेसका खेमराज पौडेललाई हराएकी थिइन् । पौडेलले १५,१८३ मत प्राप्त गरेका छन् ।
त्यस्तै प्रदेशसभा सदस्य तर्फ भक्तपुर क्षेत्र नम्बर १ ‘क’ मा भएको निर्वाचनमा नेपाली कांग्रेसका कृष्णलाल भडेल १३,४४९ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपाका देवीप्रसाद ढकालले ११,२०६ मत प्राप्त गरेका थिए ।
त्यसैगरी दाङ क्षेत्र नम्बर ३ ‘ख’ मा भएका निर्वाचनमा नेकपाकी विमलाकुमारी खत्री (वली) ले २४,२८६ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशबराज शर्माले १९,१८२ मत प्राप्त गरेका थिए ।
बागलुङ क्षेत्र नम्बर २ ‘ख’ मा भएको निर्वाचनमा बाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीले विजय हाँसिल गरेका छन् । शाहीले ११,२३५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जित शेरचन ९१३८ मत प्राप्त गरे ।
त्यस्तै स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानरगपालिकाको मेयरका लागि भएको निर्वाचनमा नेपाली काँग्रेसका तिलक राई २६७०९ मत प्राप्त गरी विजय भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३९१४ मत प्राप्त गरेका थिए ।
त्यसैगरी गाउँपालिका अध्यक्षतर्फ भएको निर्वाचन मध्ये फाल्गुनन्द गाउँपालिका, पाँचथरमा नेकपाका बीरबहादुर कुरुम्बाङले ५३६९ मत प्राप्त गरी विजय हासिल गरे । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बृजहाङ आङदेम्वेले ५४६३ मत प्राप्त गरेका थिए ।
त्यस्तै महोत्तरीको पिपरा गाउँपालिकामा भएको निर्वाचनमा नेकपाका विक्रम चौधरीले ३२४९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी समाजवादीकी रामजानकी यादवले ३०४१ मत प्राप्त गरेकी थिइन् । त्यसैगरी संखुवासभाको मकालु गाउँपालिकामा नेकपाका तेजबहादुर पोख्रेलले ३०१८ मत प्राप्त गरी विजयी बने । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विमन पराजुलीले २२१६ मत प्राप्त गरे ।
गाउँपालिका उपाध्यक्ष तर्फ भने हुम्लाको खार्पुनाथ गाउँपालिकाबाट नेकपाकी रुपा शाही १४५४ मत प्राप्त गरी विजयी भइन् । उनकी प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी तारा शाहीले १३८५ मत प्राप्त गरिन् ।
प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३ सहित स्थानीय तहको रिक्त ५२ पदका लागि निर्वाचन भएको थियो । मुलुकका ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको थियो ।
५२ पदको लागि भएको निर्वाचनमा नेकपाले ३१, नेपाली काँग्रेसले १३, समाजवादीले ४, राजपाले ३ र स्वतन्त्रले १ स्थानमा जित हासिल गरेको छ ।
यो उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायको समन्वय र सहभागितामा उपनिर्वाचन लक्षित भरपर्दो एकिकृत सुरक्षा योजना बनाइएको थियो ।
प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फबाट ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी मैदानको प्रतिस्पर्धामा उत्रिएका थिए । यो उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने रहेको थियो ।
कुन स्थानमा कसले जिते (जित्ने, प्रतिद्वन्द्वीको नाम, क्षेत्र र मत सहित)
प्रतिनिधि सभा सदस्य
विद्या भट्टराई,(२४,३९५) कास्की क्षेत्र नम्बर २ प्रतिद्वन्द्वी : खेमराज पौडेल(१५,१८३), कांग्रेस
प्रदेशसभा सदस्य
१. कृष्णलाल भडेल (१३,४४९) भक्तपुर क्षेत्र नम्बर १ ‘क’ (कांग्रेस) प्रतिद्वन्द्वी : देवीप्रसाद ढकाल (११,२०६), नेकपा
२. विमला कुमारी खत्री (२४,२८६), दाङ क्षेत्र नम्बर ३ ‘ख’ (नेकपा) प्रतिद्वन्द्वी : केशबराज शर्मा (१९,१८२), कांग्रेस
३. खिमविक्रम शाही (११,२३५), बागलुङ क्षेत्र नम्बर २ ‘ख’ (राजमो) प्रतिद्वन्द्वी : जित शेरचन (९१३८), कांग्रेस
स्थानीय तह
मेयर
तिलक राई (२६७०९), धरान उपमहानरगपालिका, सुनसरी (कांग्रेस) प्रतिद्वन्द्वी : प्रकाश राई (२३९१४), नेकपा
गाउँपालिका
अध्यक्ष
१. बीरबहादुर कुरुम्बाङ ( ५३६९), फाल्गुनन्द गाउँपालिका, पाँचथर (नेकपा) प्रतिद्वन्द्वी : बृजहाङ आङदेम्वे (५४६३), कांग्रेस
२. विक्रम चौधरी (३२४९), पिपरा गाउँपालिका, महोत्तरी (नेकपा) प्रतिद्वन्द्वी : रामजानकी यादव (३०४१), समाजवादी
३. तेजबहादुर पोख्रेल (३०१८), मकालु गाउँपालिका, संखुवासभा (नेकपा) प्रतिद्वन्द्वी : विमन पराजुली (२२१६), कांग्रेस
गाउँपालिका
उपाध्यक्ष
रुपा शाही (१४५४), खार्पुनाथ गाउँपालिका, हुम्ला (नेकपा) प्रतिद्वन्द्वी : तारा शाही (१३८५), कांग्रेस
विजयी वडा अध्यक्ष
नेकपा
१. शिवकला राई (३९१), साकेला गाउँपालिका–३ प्रतिद्वन्द्वी : शुक्रबहादुर तामाङ (३७४), कांग्रेस
२. जनकबहादुर बूढा (१७४), थबाङ गाउँपालिका–१, रोल्पा प्रतिद्वन्द्वी : कलम रोका (२६), कांग्रेस
३. ढालप्रसाद शेरचन (७०४), बडीगाउँ गाउँपालिका–२, बागलुङ प्रतिद्वन्द्वी : डिलबहादुर राना (४१२), कांग्रेस
४. नवीकुमार श्रेष्ठ (९८९), सुन्दरबजार नगरपालिका–२, लमजुङ प्रतिद्वन्द्वी : प्रकाश सेढाई (४८४), कांग्रेस
५. देवप्रसाद कोइराला (८६७), धुलिखेल नगरपालिका–२, काभ्रे प्रतिद्वन्द्वी : दर्णबहादुर खत्री (५८२), कांग्रेस
६. मन राजेबूढा (३६७), त्रिवेणी नगरपालिका–१, बाजुरा प्रतिद्वन्द्वी : खगेन्द्र चदारा (३४७), कांग्रेस
७. रामशरण थारू(८००), कोहलपुर नगरपालिका–६, बाँके प्रतिद्वन्द्वी : श्रीकृष्ण थारू(७३७), कांग्रेस
८. दिलिपकुमार यादव(८२५), कोहलपुर नगरपालिका–६, बाँके प्रतिद्वन्द्वी : प्रदिपकुमार महतो (६५४), राजपा
९. कुलबहादुर बस्नेत (७६९), उमाकुण्ड गाउँपालिका–५, रामेछाप प्रतिद्वन्द्वी : सावित्री सुनुवार (३८०), कांग्रेस
१०. रमेश खड्का (७७८), मेल्लेख गाउँपालिका–५, अछाम प्रतिद्वन्द्वी : वीरबहादुर बोहरा (५६३), कांग्रेस
११. गिरिप्रसाद सिञ्जाली (८०२), रुरु क्षेत्र गाउँपालिका–६, गुल्मी प्रतिद्वन्द्वी : वेदबहादुर दर्लामी (७२७), कांग्रेस
१२. शैलेन्द्र धानुक (६६३), पुर्चौडी नगरपालिका–४, बैतडी प्रतिद्वन्द्वी : गोविन्दबहादुर धामी (५५८), कांग्रेस
१३. रामबहादुर बोहरा (६६५), आदर्श गाउँपालिका–२, डोटी प्रतिद्वन्द्वी : महादेव साउद (६५६), कांग्रेस
१४. धर्मे बुढाथोकी (७९२), कुमाख गाउँपालिका–५, सल्यान प्रतिद्वन्द्वी : खडकबहादुर बोहरा (२५१), कांग्रेस
१५. खिमबहादुर थापा(३६७), बौदिकाली नगरपालिका–५, पूर्व नवलपरासी प्रतिद्वन्द्वी : तुलबहादुर राना (२३१), कांग्रेस
१६. जितेन्द्र राई (६९१), पौवादुङमा गाउँपालिका–१, भोजपुर प्रतिद्वन्द्वी : शम्मरबहादुर कार्की (४३७), कांग्रेस
१७. गजाधर भट्टराई (१४४६), फिदीम नगरपालिका–१, पाँचथर प्रतिद्वन्द्वी : शुभराज थापा (९७२), कांग्रेस
१८. दिलिप कुमार यादव (८२५), कल्याणपुर नगरपालिका–१२, सिरहा प्रतिद्वन्द्वी : प्रदीपकुमार महतो (६५४), राजपा
१९. मुक्ती पोखरेल (११२७), प्यूठान नगरपालिका–२, प्यूठान प्रतिद्वन्द्वी : मोहनसिँह विष्ट (८४३), कांग्रेस
२०. कृष्णबहादुर तामाङ (५२८), पुनर्बास नगरपालिका–३, कञ्चनपुर प्रतिद्वन्द्वी : दीपबहादुर तामाङ (३१०), कांग्रेस
२१. भरतकुमार घिमिरे (७९६), खाँदवारी नगरपालिका–३, संखुवासभा प्रतिद्वन्द्वी : विक्रम गुरुङ (४६७), कांग्रेस
२२. केदारनाथ आचार्य (७१२), इन्द्रवती गाउँपालिका–८, सिन्धुपाल्चोक प्रतिद्वन्द्वी : राले तामाङ (४३९), कांग्रेस
२३. द्रोणप्रसाद पाण्डे (६९६), ऐरावत गाउँपालिका–१, प्यूठान प्रतिद्वन्द्वी : अम्मर रेग्मी (६८७) कांग्रेस
२४. जीवनराज सुवेदी (६२२), धरान उपमहानगरपालिका–७, सुनसरी प्रतिद्वन्द्वी : सुवर्ण मोहन पालिखे (६२२), कांग्रेस नेपाली
नेपाली कांग्रेस
१. सुरेशप्रसाद भट्ट (५८४), दोगडाकेदार नगरपालिका–४, बैतडी प्रतिद्वन्द्वी : नरेन्द्रप्रसाद भट्ट (४८४), नेकपा
२. गजेन्द्रबहादुर चन्द (२१९), सुर्नया गाउँपालिका–१, बैतडी प्रतिद्वन्द्वी : धनबहादुर चन्द (२१५), नेकपा
३. अमृत हमाल (३,१८३), भरतपुर महानगरपालिका–१६, चितवन प्रतिद्वन्द्वी : भक्तराज हमाल (२,८७५), नेकपा
४. ताराबहादुर डिसी (१,२१८), घोराही उपमहानगरपालिका–१६, दाङ प्रतिद्वन्द्वी : सुरेशबहादुर केसी (१,११७), नेकपा
५. बेदबहादुर बस्नेत(११३८), खैरहनी नगरपालिका–४, चितवन प्रतिद्वन्द्वी : बेदबबहादुर अधिकारी(९८६), नेकपा
६. प्रतिमा कार्की बस्नेत(८४२), खैरहनी नगरपालिका–५, चितवन प्रतिद्वन्द्वी : पुननारायण प्रधान (७५६), नेकपा
७. दिपेन्द्र श्रेष्ठ (७७१), गढीमाई नगरपालिका–२, रौतहट प्रतिद्वन्द्वी : जवार मिया (५९६), नेकपा
८. विपिन पंजियारले ४६१, बलबा नगरपालिका–२, महोत्तरी प्रतिद्वन्द्वी : बृजलाल साह, राजपा
९. शोभाखर खनाल (११५९), मालारानी–३, अर्घाखाँची प्रतिद्वन्द्वी : यमलाल खनाल (१०५३), नेकपा
१०. तिलविक्रम इधिङ्गा(८४२), हिलिहाङ गाँउपालिका–७, पाँचथर प्रतिद्वन्द्वी : गेहनाथ रिजाल (८१२), नेकपा
११. नारायण प्रसाद साह (१७०१), धनपालथान गाउँपालिका–२, मोरङ प्रतिद्वन्द्वी : पंकजकुमार मण्डल (११९७), नेकपा
समाजवादी
१. सुरेश चौधरी (६७२), बारागढी गाउँपालिका–१, बारा, प्रतिद्वन्द्वी : तस्विरीया थरूनी (४७१), कांग्रेस
२. रुपलाकुमार यादव (१०३१), सखुवा प्रसौनी गाउँपालिका–५, पर्सा प्रतिद्वन्द्वी : अशेसर प्रसाद यादव (८१९), कांग्रेस
३. श्यामबाबु राय (३४७) हरिपुर्वा नगरपालिका–१, सर्लाही प्रतिद्वन्द्वी : दोस मोहमद अन्सारी, नेकपा (३२८) र रामविश्वास राय राजपा (३२८)
४. रामबाबु महतो (६५९), बलवा ननगरपालिका–८, महोत्तरी प्रतिद्वन्द्वी : निर्वल यादव (३४६), कांग्रेस
राजपा
१. रामबाबु नायक (३७५), मटिहानी नगरपालिका–६, महोत्तरी प्रतिद्वन्द्वी : जाकिर अन्सारी (३५५), नेकपा
२. मन्जु मिश्रा (८६८), शिवराज नगरपालिका–१०, कपिलवस्तु प्रतिद्वन्द्वी : देवराज भारतीले (४६५), कांग्रेस
३. प्रमिलादेवी यादव ५४० छिन्नमस्ता गाउँपालिका–७, सप्तरी प्रतिद्वन्द्वी : अछेलाल यादवले ५२९ नेकपा
स्वतन्त्र
१. हेमकुमार घर्ती (८५५), ऐरावत गाउँपालिका–२, प्यूठान प्रतिद्वन्द्वी : मोहन विश्वकर्मा (५०७), राजमो