ई–आर्थिक, काठमाडौं । भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेपाली काँग्रेस अगाडी देखिएको छ । चागुनारायण नगरपालिका वडा नं १,२,३,४,५ र ६ को पछिल्लो मत गणना परिणाम अनुसार नेपाली काँग्रेसका कृष्णलाल भँडेलले नेकपाका देबीप्रसाद ढकाल भन्दा निक्कै अगाडी देखिएका छन् ।
काँग्रेसका भँडेलको ९०९५ मत आउँदा नेकपाको ढकालको ६७८३ मत आएका हाम्रा प्रतिनिधि सदेश खड्काले जानकारी दिए । उनीहरुको फरक मत २३१२ मत रहेको छ ।
त्यसैगरी नेमकिपाका उम्मेद्वार निरज लवजुको २०६४ मत आएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का श्यामप्रसाद नेपालले २९४, साझा पार्टीका सुरज प्रधानले २४८ मत प्राप्त गरेका छन् । त्यस्तै समाजवादी हात छापका सुदर्शनकुमार मुनकर्मीले १५ मत प्राप्त गरेको छ भने नेकपा मालेका सुदर्शन लामिछानेले १४ मत प्राप्त गरेका छन् ।
११ बजेसम्म अन्तिम परिणाम आईसक्ने निर्वाचन कार्यलयले जानकारी दिएको छ ।
,