२०८३ साउन १२ मंगलबार

छिमेक लघुवित्त १८ वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश

ई आर्थिक    शनिबार, मंसिर १४ २०७६
9.3K
Shares
छिमेक लघुवित्त १८ वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश

ई–आर्थिक, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था ले १८ वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा आफ्ना समस्त सदस्यवर्ग, शुभ चिन्तक एवं शेयरधनीहरुमा सुख, शान्ति समृद्धि एवं प्रगतिको शुभकामाना आदान प्रदान गरी उक्त लघुवित्तले १९औं वार्षिकोत्सव मनाएको छ ।

लघुवित्त क्षेत्रको एक अग्रणी संस्थाको रुपमा परिचित यो संस्थाले केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखाहरुबाट समेत विभिन्न सामाजिक कार्यहरुको आयोजना गरी बार्षिकोत्सव मनाएको थियो ।

यसैबीच संस्थाको साधारण सभा भने आगामी मिति २०७६ मंसिर ३० गते हुने कार्यक्रम रहेको संस्थाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij