२०८३ साउन ९ शनिबार

होटल स्कूल एसासिएसन (इयुहोफा)को अध्यक्षमा खेम लकाई

ई आर्थिक    बिहिबार, मंसिर १२ २०७६
8.5K
Shares
होटल स्कूल एसासिएसन (इयुहोफा)को अध्यक्षमा खेम लकाई

ई–आर्थिक, काठमाडौं । विश्वभरिका आतिथ्य व्यवस्थापन शिक्षासम्बन्ध शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय सञ्जाल होटल स्कूल एसोसियसन (इयुहोफा) को अध्यक्षमा खेम लकाई चयन भएका छन् । उनी नेपालको ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) का प्रमुख कार्यकारी अधिकृत हुन । लकाईं सन् २०१७ मा इयुहोफाका बोर्ड सदस्य थिए ।

इयूहोफाको सञ्जालमा युरोपदेखि अमेरिकी महादेश, एसिया, अफ्रिका र अस्ट्रेलियासम्मका विश्वभरिका आतिथ्य व्यवस्थापना अध्यापन हुने शैक्षिक प्रतिष्ठानहरू सदस्य छन् । सञ्जालमा नेपालबाट १४ वटा होटल व्यवस्थापन तथा पर्यटन शिक्षासम्बद्ध प्रतिष्ठानहरू सदस्य छन् ।

काठमाडौं जारी ५८ औं कंग्रेसमा दुई दर्जन मुलुकबाट करिब ७० पर्यटन तथा आतिथ्य सम्बन्धी विश्वविद्यालय एवं शैक्षिक संस्थाका प्रमुख र प्राध्यापकहरू, पर्यटन उद्योगका नेतृत्वकर्ता र यस क्षेत्रका विभिन्न विज्ञहरूको सहभागिता रहेको छ ।

नेपालले आयोजना गरेको यो अंन्तर्राष्ट्रिय सम्मेलनको आतिथ्यता एसियामा नै पहिलो पटक भएको हो ।

सम्मेलनको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालले पर्यटनलाई प्राथमिकता प्राप्त उद्योग र वैदेशिक मुद्रा आर्जन तथा रोजगारी सिर्जनाका लागि दिगो स्रोतका रूपमा मान्दै आएको हुनाले आतिथ्यताको क्षेत्र नेपालका लागि महत्वपूर्ण विषय भएको बताए ।
सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन लागिएको र वार्षिक कम्तिमा २० लाख पर्यटकहरू नेपाल भित्र्याउन लागिएको परिप्रेक्षमा आतिथ्यताको क्षेत्र नेपालका लागि महत्वपूर्ण भएको उनको भनाइ थियो ।

उनले पर्यटन उद्योगलाई नीतिगत सुधारहरूमार्फत बढावा दिइरहिएको भन्दै यसले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै पर्यटनले हाम्रा प्राकृतिक र सांस्कृतिक उत्पादनहरूलाई समृद्ध तुल्याउने धारणा राख्नु भयो । सोही कारणले सन् २०२० को नेपाल भ्रमण वर्षलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन लागिएको उहाँको भनाइ थियो ।

यो कंग्रेसले नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धन गर्न सहयोग पु¥याउने पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले विश्वास व्यक्त गरे ।
इयूहोफाका नवनिर्वाचित अध्यक्ष खेम लकाईंले नेपालमा अतिथिलाई भगवानका रूपमा हेर्ने मुलुक भएको बताउँदै यहाँको आतिथ्य सत्कार क्षेत्रलाई विश्वभरि नै उदाहरणीय मानिएको बताए ।

आतिथ्य सत्कारलाई अध्यात्मसँग जोडेर हेर्नुपर्ने उल्लेख गर्दै उनले भने– ‘हाम्रो विश्व युरोपजस्तै एकनासले कामय भएर बस्न सक्दैन, यहाँ केही कुराहरू बिग्रेर गएका छन् । तर यहाँ मिलनसार मानिसहरूले भरिपूर्ण छ । त्यसैले थुपै पर्यटकहरूले भन्ने गर्छन्– हामी यहाँ हिमाल–पहाड र मानिसका कारण आउने गर्छौं ।’
उहाँले यो मानवीय भावना नै यहाँका सामथ्र्य भएको बताउँदै उनीहरूलाई प्रशिक्षित गरेर शक्तिमा बदलिने अवसर रहेको बताए ।

काठमाडौँमा जारी इयुहोफाको ५८औँ कंग्रेसमा यसपटक दुई दर्जन मुलुकबाट ७० विभिन्न पर्यटन र आतिथ्यतासम्बन्धी विश्वविद्यालय एवं शैक्षिक संस्थाका प्रमुख र प्राध्यापकहरू, पर्यटन उद्योगका नेतृत्वकर्ता र प्रतिष्ठित बरिष्ठ व्यक्तिहरू एवं थुप्रै विज्ञहरू सहभागी छन् । यस संगठनको सञ्जालमा युरोपदेखि अमेरिकी महादेश, एसिया, अफ्रिका र अस्ट्रेलियासम्मका त्यस्ता निकै पुराना प्रतिष्ठित शैक्षिक संस्थाहरू रहेका छन् ।

अहिलेसम्म पर्वतारोहण र पदयात्राको पर्यायवाची गन्तव्यका रूपमा मात्र चिनिएको नेपालका लागि यस भूमिको नशामै भएको अतिथि सत्कारको गुणलाई बदलिँदो परिवेश अनुरूप विश्व बजारमा देखाउने एउटा ठूलो अवसर हो यो । त्यसबाहेक यो धार्मिक सहिष्णुणताको परिवेशमा यहाँका प्राकृतिक र धार्मीक धरोहरकाबीच नेपाललाई आध्यात्मिक केन्द्रका रूपमा परिचित गराउने उपयुक्त समय समेत हो ।

युरोपका केही पर्यटन र आतिथ्य सत्कारका विद्यालयबाट सुरु भएको यस एसोसिएसनमा अहिले नेपालका १२ होटल व्यवस्थापन तथा आतिथ्य सत्कार सम्बद्ध कलेजहरू सदस्य छन् भने ८ कलेज आयोजक रहेका छन् । २०१७ इटलीमा पहिलोपटक नेपालबाट खेम लकाई बोर्ड सदस्य निर्वा्चित भएसँगै यस आयोजनाको माहोल बनेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij