२०८३ साउन ९ शनिबार

मैनबत्ती बिक्रीबाट ७० हजार कमाइ

ई आर्थिक    सोमबार, कार्तिक १८ २०७६
12.8K
Shares
मैनबत्ती बिक्रीबाट ७० हजार कमाइ
२०७६ कार्तिक १८ गते, बैतडी । जिल्लाको एक सामुदायिक विद्यालयले रू ७० हजार बराबरको मैनबत्ती बिक्री गरेको छ। पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका विद्यार्थीले विद्यालयमै उत्पादन गरेको मैनबत्ती बिक्रीबाट सो आम्दानी भएको हो।

कक्षा ६ देखि ८ सम्म अध्यापन हुने ‘पेशा व्यवसाय र प्रविधि शिक्षा’ पाठ्यक्रमअन्तर्गत प्रयोगात्मक कक्षामा विद्यार्थीहरुले मैनबत्ती उत्पादन गर्दै आएका छन् ।

विद्यार्थीहरुको क्षमता अभिवृद्धि र विद्यालयको आयस्रोत बढाउनका लागि मैनबत्ती उत्पादन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए ।

उत्पादित एक हजार ८५० प्याकेट मैनबत्ती तिहारको समयमा स्थानीय बजार खोडपे, पाटन, पुर्चौडी, गाँजरीलगायत बजारमा बिक्री गरिएको उनले बताए ।

यसअघि उक्त विद्यालयले गत वर्ष पनि रू ५२ हजारको मैनबत्ती बिक्री गरेको थियो । मैनबत्ती बिक्रीबाट सङ्कलित रकम विद्यालयको गुणस्तर सुधारका लागि खर्च गरिने जनाइएको छ।

उक्त विद्यालयले आफ्नो आर्थिक स्थिति सुधार तथा विद्यार्थीको पेशागत दक्षता हासिलका लागि प्रत्येक वर्ष मैनबत्ती उत्पादन गर्दै आएको छ।

निजी स्रोतबाट पारिश्रमिक लिएर काम गर्ने शिक्षकहरुलाई पाल्न साहै्र गाह्रो भएकाले विद्यार्थीहरुले उत्पादन गरेको मैनबत्ती बिक्री गरी रकम सङ्कलन गर्न थालिएको थियो।

अविभावकको लगानीमा विभिन्न शैक्षिक सामग्री र बालउद्यानसमेत रहेको उक्त विद्यालय जिल्लाकै पहिलो कागजरहित विद्यालयका रुपमा परिचित छ। विसं २०१८ मा स्थापना भएको उक्त विद्यालयमा हाल ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij