२०८३ साउन १२ मंगलबार

बार्षिक नविकरण शुल्क नबुझाउने ८१ कम्पनी कारोबार रोक्का

ई आर्थिक    आइतबार, कार्तिक ३ २०७६
5K
Shares
बार्षिक नविकरण शुल्क नबुझाउने ८१ कम्पनी कारोबार रोक्का

नविकरण शुल्क नबुझाउने कम्पनीको नाम सहित

ई–आर्थिक, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ८१ सूचिकृत कम्पनीको कारोवार रोक्का गरेको छ । वार्षिक नविकरण शुल्क नबुझाएको भन्दै नेप्सेले सूचीकृत कम्पनीको सेयर कारोबार रोक्का गरेको हो । नविकरण शुल्क नबुझाउने कम्पनीको कारोवार कात्तिक ३ गतेदेखि रोक्का गर्ने कम्पनीले जानकारी दिएको छ ।

तर नविकरण शुल्क बुझाएपछि भने ती कम्पनीको सेयर कारोबार खुल्ला हुने नेप्सेले जानकारी दिएको छ ।

सूचीकृत कम्पनीले दोस्रो बजारमा सेयर कारोबारका लागि हरेक वर्ष नेप्सेमा सूचीकरण नविकरण गर्नुपर्छ । यस्तो नविकरण आर्थिक वर्ष सकिएको बढीमा तीन महिनाभित्र गर्नु पर्ने व्यवस्था छ । तर ८१ कम्पनीले शुल्क नबुझाएको नेप्सेको भनाई छ ।

तोकिएको समयभित्र नविकरण शुल्क नबुझाउने कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जारी गरेको सूचनामा उल्लेख छ ।

यसरी सूचना निकालिएको कम्पनी मध्ये १९ वटा लुघवित्त,

३ वटा व्यापारिक कम्पनी, २ वटा होटल रहेका छन् । त्यसैगरी चलचित्र विकास कम्पनी र नेपाल दुरसञ्चार कम्पनी पनि रहेकोे छन् ।
त्यस्तै ११ वटा उत्पादन कम्पनी १८ वटा डेभलपमेन्ट बैंक, २ वटा इन्स्योरेन्स, ११ वटा फाइनान्स कम्पनी र १३ वटा हाइड्रोपावरको नाममा नेप्सेले सूचना प्रकाशित गरेको छ ।

कारोबार रोक्का भएका कम्पनी नाम सहित

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij