२०८३ साउन ९ शनिबार

सुनखानीमा सुन निकाल्ने दुर्घटनामा मारिएपछि परिवारसँग गाड्न पैसा भएन

ई आर्थिक    सोमबार, असोज २७ २०७६
8.3K
Shares
सुनखानीमा सुन निकाल्ने दुर्घटनामा मारिएपछि परिवारसँग गाड्न पैसा भएन

सुनखानीमा सुन झिक्नेसँग कति रकम होला ? बहुमूल्य धातु सुनको खानीमा बसेर सुन झिक्नेसँग मरेपछि गाँड्न समेत खर्च नहोला भन्ने कस्ले सोचेको होला ?

तर, कंगोमा त्यस्तै स्थिति छ । सुन र हीरा खानीको देश भइकन कंगो गृहयुद्धको चपेटामा परेको छ । सुनखानीमा विदेशी कम्पनिले सुन झिक्छन् । त्यहाँका स्थानीयले सुन झिक्नुलाई अवैध मानिन्छ । जब अवैध तरिकाले सुन निकाल्न जान्छन् तब दुर्घटनाबाट मरेका घटना आइरहन्छन् ।

बुधबार कंगोमा अवैध सुन झिक्न गएकामध्ये २२ जनाको सुनखानीमा पुरिएर मृत्यु भएको छ । उनीहरुमध्ये कतिपयको शवलाई गाड्न समेत रकम नभएपछि त्यहाँको सरकारले सहयोग गर्ने भएको छ । घाइतेको उपचार खर्च व्यहोर्ने जनाए ।

कंगोको कम्पेनी शहरमा संचालित गैरकानुनी सुनखानीमा दुर्घटना भएको हो । हजारौं स्थानीय अवैध तरिकाले सुन झिक्छन् । उनीहरुको जिविकोपाजर्नको माध्यम नै अवैध सुनखानीमा सुन झिक्नु रहेको छ ।-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij