ई–आर्थिक, काठमाडौं । सूर्या लाइफ इन्योरेन्स लिमिटेडले इमर्जिङ्ग एशिया इन्स्योरेन्स् अवार्ड २०१९ पाउन सफल भएको छ ।
इन्स्योरेन्स्लाई भारतीय चेम्बर अफ कमर्शले सन् १४ जुन, २०१९मा थाईल्याण्डको बैंककमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमा बीमा व्यवसाय विस्तार सम्बन्धी रणनीतिक सफलताका लागि विशेष भूमिका खेलेकोले इमेरजिङ्ग एशिया इन्स्योरेन्स् अवार्ड २०१९ पुरस्कार दिएको हो ।
कम्पनीले भारतीय चेम्बर अफ कमर्सबाट स्पेशल रिकगनाइजेशन फर इन्स्योरेन्स स्प्रेडिङ्ग स्टार्टेजिज् फर द इएर २०१९ पुरस्कार प्राप्त सफल भएको हो ।
पुरस्कार वितरण समारोहमा भाग लिन कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे थाइल्याण्ड पुगेका थिए ।