२०८३ साउन ९ शनिबार

विप्लव नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिए

ई आर्थिक    बिहिबार, असार ५ २०७६
10.5K
Shares
विप्लव नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिए

ई–आर्थिक, काठमाडौं । सर्लाहीमा प्रहरी र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच भिडन्त बीच भएको दोहोरो भिडन्तमा परी विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेल मारिएका छन् ।

सर्लाहीको लालबन्दीमा भएको भिडन्तमा उनी मारिएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीले सिन्धुली जाने बाटोमा गस्तीमा रहेको प्रहरी टोलीमाथि लालबन्दी नगरपालिका– १ मा विप्लव नेकपाका कार्यकर्ताले आक्रमण गरेको दाबी प्रहरीको छ ।

प्रहरीले थ्री नट ३ को ३ राउण्ड गोली ना २२ प ६४ नम्बरको मोटसाइकल बरामद गरेको छ । सो समूहमा रहेका तीन जना रहेको प्रहरीले जानकारी दिएको छ । अन्य भने भागेर ज्यान जोगाउन सफल भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij