२०८३ साउन ९ शनिबार

भाजपा र तृष्णमुल कांग्रेस कार्यकर्ताविच गोली हानाहान ४ को मृत्यु, १८ घाइते

ई आर्थिक    आइतबार, जेष्ठ २६ २०७६
5.1K
Shares
भाजपा र तृष्णमुल कांग्रेस कार्यकर्ताविच गोली हानाहान ४ को मृत्यु, १८ घाइते
कोलकाता । भारतमा दुई राजनीतिक पार्टीका चार कार्यकर्ताको गोली हानी हत्या भएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) समर्थक तीन जना र अर्को एउटा क्षेत्रीय पार्टी त्रिणमुल कङ्ग्रेस पार्टीका एक जना गरी चार जना मारिएका हुन् ।

पश्चिम बङ्गालमा भएको सो घटनामा परी अरु १८ जना घाइते पनि भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
भाजपाका स्थानीय नेता मुकुल रोयले ट्वीट गर्दै सन्देशमा आफ्ना तीन कार्यकर्ताको गोली हानी हत्या भएको उल्लेख गरेका छन् ।

विपक्षी समर्थकहरुसँग बेला बेलामा भाजपाका कार्यकर्ताहरुको झडप भइरहने यस प्रदेशमा हालै भएको लोकसभा निर्वाचनमा भाजपाले १८ स्थान जितेको थियो । भाजपाले सन् २०१४ मा भएको निर्वाचनमा दुई स्थान मात्र जितेको थियो ।

भाजपाले देशभरी ३०३ स्थानमा जित हासिल गरेको छ । यसअघि सन् २०१४ को निर्वाचनमा भने २८२ स्थानमा विजयी भएको थियो । भाजपाको तर्फबाट अहिले पार्टीका नेता नरेन्द्र मोदी प्रधानमन्त्री भएका छन् ।

त्यसैगरी त्रिणमुल कङ्ग्रेस पार्टी पनि पश्चिम बंगालमा शक्तिशाली मानिन्छ । सो पार्टीकी नेतृ ममता बनर्जीको प्रभाव धेरै रहेको छ ।

भाजपाको झण्डा र पोस्टर राख्नेक्रममा पछिल्लो झडप भएको पार्टीका प्रदेश महासचिव सायन्तन बसुले जानकारी दिए । त्रिणमुलका कार्यकर्ताले भाजपाको झण्डा र पोस्टर टाँस्नेक्रममा अवरोध गरेको बताउँदै आफना कार्यकर्तालाई गोली हानेर हत्या गरिएको दाबी गरे ।

त्रिणमुल पार्टीका प्रदेश मन्त्री ज्यातिप्रियो मलिकले भने भाजपाका कार्यकर्ताले आफ्ना एक कार्यकर्ताको हत्या गरेको आरोप लगाएका छन् ।  एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij