२०८३ साउन ९ शनिबार

सगरमाथा र मानसरोवरमा गएका २ जनाको चिनियाँ भूभागमा मृत्यु

ई आर्थिक    मंगलबार, जेष्ठ १४ २०७६
3.5K
Shares
सगरमाथा र मानसरोवरमा गएका २ जनाको चिनियाँ भूभागमा मृत्यु
रसुवा । रसुवागढी नाका हुँदै चीनको मानसरोवर यात्रामा गएका एक भारतीय तीर्थयात्रुको लेक लागेर चिनियाँ भूभागमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष श्रेष्ठका अनुसार लेक लागेर मृत्यु हुनेमा भारतीय नागरिक ५९ वर्षका सुन्दरापन्डियन पन्नाय रहेका छन् ।

यही जेठ १२ गते चिनियाँ भूभागमा मृत्यु भएको र रसुवागढी नाकाबाट नेपाल भित्र्याइएपछि शव परीक्षणका लागि स्थलमार्ग हुँदै काठमाडौँ पठाइएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए । यसैगरी चिनियाँ मोहडाबाट सगरमाथा आरोहण गर्न गएका एक आयरल्याण्डका नागरिकको निधन भएको छ । मृत्यु हुनेमा वर्ष ५६ का केभिन्ज -याड रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार -याड सगरमाथा आरोहणका लागि हवाई मार्गमार्फत चीनको ल्हासा हुँदै गएका हुन् । निधनपछि केरूङ हुँदै रसुवागढीबाट शव नेपाल भित्र्याइएको बताइएको छ । मृत्युको कारण खुल्न नसकेको र शव परीक्षणका लागि कैलाश एयरको हेलिकोप्टरमार्फत त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij