ई–आर्थिक, काठमाडौं । प्रहरी प्रधान कार्यालयले नियमित सरुवाको रुपमा आइतबार ४५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । सरूवा पछि १८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
जसअनुसार पर्सामा सोमेन्द्रसिंह राठौर, मोरङमा विश्व अधिकारी, सुनसरीमा यज्ञविनोद पोखरेल, कैलालीमा सुदीप गिरी, बर्दियामा राजेश बाँस्तोला, सप्तरीमा मनोजकुमार यादव, चितवनमा दानबहादुर मल्ल, कास्कीमा दानबहादुर कार्की, भक्तपुरमा सविन प्रधान तथा काभ्रेमा जयराज सापकोटा जिल्ला प्रमुख बनेका छन् ।
त्यसैगरी सिरहामा उमाप्रसाद चतुर्वेदी, उदयपुरमा वीरबहादुर बुढामगर, नवलपरासीमा मोहन पोख्रेल, नवलपरासी (पश्चिम)मा लालमणि आचार्य, धनकुटामा सुदर्शन कोइराला, इलाममा हिराबहादुर पाण्डे, पाल्पामा श्यामकृष्ण अधिकारी सरुवा भएका छन् ।