२०८३ साउन १२ मंगलबार

ग्लोबल आइएमई बैंकले थप्यो ६ शाखारहित बैंकिङ्ग सेवा

ई आर्थिक    मंगलबार, बैशाख ३१ २०७६
2.9K
Shares
ग्लोबल आइएमई बैंकले थप्यो ६ शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं, बैशाख ३१, २०७६, काठमाडौं– ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले रोल्पाको सुनिल स्मृति गाउँपालिका– ७ तेबाङ्गमा १३३औँ, कैलालीको बर्दगोरीया गाउँपालिका– ४मुढा बजारमा १३४औँ, बाग्लुङ्गको बाग्लुङ्ग नगरपालिका– १४ हटियामा १३५औँ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

त्यसैगरी, सिराहाको अर्नामा गाउँपालिका– ३, रामजानकी बजारमा १३६औँ, पाल्पाको पुर्वखोला गाउँपालिका– ४, देवीनगरमा १३७औँ र बाग्लुङ्ग जिल्लाको काठेखोला गाउँपालिका – ७, रेश नुन्थलामा १३८औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ ।

यी ६ वटै शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन भएका छन् । यसका साथै बैंकले अत्तरीया शाखामा १४५औं ए.टी.एम. पनि सञ्चालनमा ल्याएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij