केशवप्रसाद पाण्डे, काठमाडौं। देशभर रहेका गुठी जग्गाको संरक्षण तथा उपयोगमा गुठी सँस्थानले आफ्नो जिम्म्ेवारी पुरा गर्न नसक्दा देशभरका गुठी जग्गाहरु नासिँदै गएका छन । गुठीका पदाधिकारीहरु र कर्मचारीहरुले भुमाफिया सँग अस्वाभाविक साँठगाठ बढाउदा गुठीका जग्गाहरु भुमाफियाको कव्जामा पर्ने क्रम बढेको हो । बिभिन्न आस्थासँग जोडिएका गुठी जग्गाको संरक्षण तथा उपयोगबाट समुदायमा सुसम्बन्ध कायम राख्ने उद्देश्यले गुठी संस्थान स्थापना भएको भएपनि यसले पाएको जिम्म्ेवारी अनुसार भुमिका निर्वाह गर्न नसक्दा गृुठी जग्गाहरु नासिने र हडपिने क्रम बढेको हो ।
भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले पनि जग्गा दुरुपयोग बढेपछि संस्थानको जिम्मेवारीमा बारम्बार प्रश्न उठाउदै आएको छ । गुठी संस्थान भद्रगोल बन्दै असफल हुन थालेपछि सँस्थानको जिम्मेवारीलाई चुस्त र व्यवस्थित बनाउन गुठीलाई प्राधिकरण मातहत लैजाने तयारी गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता जनक राज जोशीले पनि गुठीको भुमिका माथि विभिन्न प्रश्नहरु आएकाले यसको विकल्पको बारेमा छलफल शुरु गरिएको जानकारी दिए । उनले गुठीलाई प्राधिकरण मातहत ल्याउने गरि तयार पारिएको विधेयक संसदमा पुगेको जानकारी दिए ।
गुठी संस्थानले आफ्नो जिम्मेवारी पुरा गर्न नसक्दा पछिल्लो समय सँस्थान बिभिन्न विवादमा मुछिदै आएको छ । वालुवाटार जग्गा प्रकरणमा सँस्थानको शंकासपद भुमिका रहेको थियो भने ,बृहत जनकपुर क्षेत्र संरक्षणमा देखिएको उदासिनता तथा निजि गुठीमा सँस्थानले आफ्नो शसक्त भुमिका देखाउन नसक्दा मन्दिरका महन्थ,पुजारी तथा मठाधिसले समेत आफुखुसी जग्गामा अतिक्रमण गरि व्यक्तिगत बनाँउदै गएको पाइएको छ ।
हाल गुठी सँस्थानसँग ंमातहतमा कति जग्गा छ भन्ने समेत स्पष्ट तथ्यांक छैन । नेपालको संविधान अनुसार गुठी जग्गालाई सरकारको अधीनबाट संस्थानको जिम्मा सुम्पी राजगुठीहरुलाई सुव्यवस्थित रुपले संचालन गराउन गुठी संस्थानको स्थापना भएको हो । तर संस्थान सो भुमिका निर्वाह गर्न असफल हुदै आएको छ ।
दुई प्रकारका गुठी सञ्चालित
हाल मुलुकमा राजगुठी र निजी गुठी गरी दुई प्रकारका गुठी अस्तित्वमा छन् ।संस्थानको स्थापना हुनु पूर्व नेपाल सरकारले बन्दोवस्त र संचालन गरी आएकोमा गुठी संस्थान ऐन, २०२१ को दफा २(घ) बमोजिम नेपाल सरकारबाट संस्थानमा हक र दायित्व सर्न आई संस्थानले बन्दोवस्त र संचालन गरेको गुठी राजगुठी हुन् । राजगुठी अन्र्तगत १०५० अमानत गुठी र १०३२ छुट गुठी रहेका छन् ।
राज गुठीको लगतमा दर्ता नभएका र व्यक्ति आफैले स्थापना र संचालन गर्दै आएका व्यक्तिगत वा पारिवारिक गुठीलाई निजी गुठी अन्र्तगत राखिएको छ । यस्ता गुठीको लगत सम्म संस्थानले लिन सक्ने व्यवस्था दफा १९ क ले गरेको छ । निजी गुठीका दाता सहित अघिकांश गुठीयारले लिखित अनुरोध गरेमा त्यस्तो गुठी संस्थानले जिम्मा लिई संचालन गर्न सक्तछ भने सामाजिक हितको लागि राखिएको निजी गुठीका गुठीयारले गुठीको सम्पत्ति हिनामिना गरेको अबस्थामा गुठीयारले अनुरोध नगरे पनि संस्थानले आफ्नो जिम्मामा लिई संचालन र बन्दोवस्त गर्न सक्ने व्यवस्था छ ।
बालुवाटार प्रकरणमा गुठी संस्थान समेत दोषी
प्रधानमन्त्री निवाश लगाायतका महत्वपुर्ण सरकारी कार्यालय रहेको बालुवाटारस्थित ललिता निवास क्याम्पको सरकारी जग्गा व्यक्तिका नाममा गएको प्रकरणमा गुठि संस्थान समेत दोषी देखिएको छ । जग्गाबारे छानबिन गर्न पूर्व सचिव शारदाप्रसाद त्रिताल संयोजकत्वमा गठित छानबिन समितिले गुठीका नाममा रहेको जग्गा व्यक्तिगत नाममा दर्ता हुनुमा गुठी सँस्थान समेत जिम्मेवार रहेको समेत औल्याएको छ ।
वालुवाटारको जग्गा पशुपति टिकन्छा गुठीका नाममा दर्ता भएकोबारे अस्पष्ट भएको भन्दै भुमिसुधार तथा व्यवस्था मन्त्रालयले २०६२ असोज ६ मा पत्र पठाएको थियो । तर, सँस्थानले धेरै बिषयबारे जवाफ नै नदिई २०६३ पुष १ मा मात्र जवाफ पठाएको थियो । यसबाट सँस्थानको भुमिकामाथि नै प्रश्न उठेको छानविन समितिका एक सदस्यले बताए । उनले भने,यसबाट सँस्थानले माफियासँगको मिलेमतोमा बदनियतपुर्ण ढाकछोप गर्न स्पष्ट हुन्छ ।’
सो क्रममा सँस्थानले जग्गाबारे स्पष्ट पार्न नसकेको,राजगुठिको आधार र गुठिको जग्गाको बिषय नै अस्पष्ट रहेको ,सरकारलाई नै असहयोग गरेको भन्दै गुठी सँस्थानका २०३३ सालदेखिका अध्यक्ष तथा प्रशासकहरुले सँस्थानको उद्देश्य अनुरुप काम गर्न नसकेको ,गुठी जग्गाहरुको अभिलेख अधाबधिक नगरेको , भएका अभिलेख नासेको सो समयका सबै अध्यक्ष ,कर्मचारी तथा प्रशासकहरुलाई अख्तियार दुरुपयोग आयोगले अनुसन्धान गरी कारवाहि गर्नृपर्ने सुझाव सरकारलाई दिएको छ ।
त्यस्तै गुठीले पहिलोपटक २०२३ र दोस्रोपटक २०४७ सालमा भएका नापिका समयमा सूचना प्रकाशित गरेर जानकारी दिँदा समेत आफ्ना नाममा रहेको जग्गाबारे नापजाँच गरी संरक्षण गर्नुपर्नेमा वेवास्था गरेको थियो । सरकारलाई सहयोग गर्न बनेको निकायले नै ग्रैह्रजिम्मेवार बनि असहयोग गर्दा गुठिको जग्गा विभिन्न व्यक्तिले दुरुपयोग गरेको तथा व्यक्तिका नाममा गएको देखिन्छ ।
सँस्थानको बिकल्पमा प्राधिकरण गठनको प्रकृया सुरु
गुठी सँस्थानले प्रभावकारी काम गर्न नसकेको र गुठी जग्गाको दुरुपयोग बढेको तथा दुरुपयोगमा सँस्थानकै जिम्मेवार अधिकारी तथा कर्मचारीको संलग्नता पाईएपछि सरकारले गुठीको बिकल्पमा प्राधिकरण गठन सम्वन्धि विधेयक संसदमा पेश गरेको जनाएको छ ।
। सो विधेयकमा संस्थानअन्र्तगत रहेका जग्गा संरक्षणका लागि अधिकार सम्पन्न राष्ट्रिय गुठी प्राधिकरण गठन गरिने प्रस्ताव गरिएको छ । प्रस्तावित विधेयकमा प्राधिकरणले विशेष समितिमार्फत समग्र गुठीको बन्दोबस्त र सञ्चालनको व्यवस्था गर्ने प्रस्ताव गरिएको छ ।
विधेयक पारित भएपछि संस्थानको जिम्मेवारी प्राधिकरण मातहत आउनेछ । योसँगै गुठीको सम्पत्ति, हक, दायित्व र कर्मचारी प्राधिकरणमा सर्नेछन् । विधेयकमा भएको व्यवस्थाअनुसार हाल कायम रहेका छुट गुठी र सार्वजनिक गुठीसमेत स्वतः राजगुठीमा परिणत हुनेछन् ।
राजधानीबाट