२०८३ साउन ९ शनिबार

सवारी दुर्घटना बढ्न थाल्यो, गुल्मी जीप दुर्घटनामा पूर्वसांसद सहित तीनको मृत्यु, १० जना घाईते

ई आर्थिक    बिहिबार, चैत्र २८ २०७५
2.7K
Shares
सवारी दुर्घटना बढ्न थाल्यो, गुल्मी जीप दुर्घटनामा पूर्वसांसद सहित तीनको मृत्यु, १० जना घाईते

ई–आर्थिक, गुल्मी, चैत्र २८ । विगतको तुलनामा सवारी दुर्घटना बढ्यो । दुई ठूला दुर्घटना भएको तीन दिन नवित्दै गुल्मीमा अर्को ठूलो दुर्घटना भएको छ । तीन दिन अघिमात्रै धरान र अर्घखाँचीमा दुई ठूला दुर्घटना भएका थिए । ती दुर्घटनामा १० जनाको मृत्यु हुनुका साथै ४५ जना घाईते भएका थिए ।

गुल्मीको मुसिकोट नगरपालिका १ मा भएको जीप दुर्घटनामा पूर्वसांसद सहित दुईजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मालिका गाँउपालिकाको दर्लिङबाट बुटबलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप आज बिहान ९ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि गुल्मीका पूर्व सासंद समेत रहेका धुर्कोट गाँउपालिका ५ वस्तु निवासी रूद्रमणी शर्मा भण्डारी र मालिका गाँउपालिका १ का ओसर विकको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते मालिका गाउँपालिका–२ की ३६ वर्षीया कौशिला थापाको पनि मृत्यु भएको छ ।

जीप सडकबाट अन्दाजी १०० मिटर तल खसेको हो । जीपमा सवार कुल १० जानै घाइते भएका पनि प्रहरीले जानकारी दिएको छ । घाइतेलाई उद्दार गरी अस्पताल पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

एक पछि अर्को दुर्घटना हुन थालेपछि सार्वजानिक गाडीका यात्रुहरु समेत तर्सित हुन थालेको छन । दुर्घटना कम गराउन ट्राफिक जनचेतनाका साथै कडाई गर्नुपर्ने सर्बत्र आवाज उठ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij