२०८३ साउन १० आइतबार

बारा र पर्साका हावाहुरी पीडितलाई ललितपुर बचत संघको सहयोग

ई आर्थिक    शनिबार, चैत्र २३ २०७५
4.1K
Shares
बारा र पर्साका हावाहुरी पीडितलाई ललितपुर बचत संघको सहयोग

ई–आर्थिक, काठमाडौं । बारा र पर्सा जिल्लाका हावाहुरी पिडितलाई सहकारीहरुले सहयोग गर्ने अभियान सुरु गरेका छन् । यसैक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरले पीडितहरुलाई आर्थिक सहयोग गरेको छ । बचत संघले ५५ हजार ५ सय ५५ रुपैयाँ राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडाललाई हस्तान्तरण ग¥यो ।

जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरका अध्यक्ष रामहरि बजगाईँ नेतृत्वको टोलीले आज उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरण पछि बोल्दै महासंघका अध्यक्ष केशव प्रसाद बडालले राहत कोष स्थापना पछि ललितपुर जिल्ला बचत संघले गरेको सहयोग पहिलो भएको र यसले अरु सम्बन्धित निकायलाई पनि अग्रसर हुन उत्प्रेरीत हुने भन्दै बचत संघ परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । यस्ता प्राकृति प्रकोप जुनसुकै बेला पनि हुन सक्ने भएको हुँदा सम्पूण सहकारीकर्मीहरुलाई आ–आफ्नो क्षेत्रबाट सक्ने सहयोग गर्न आह्वान गर्नुभयो ।

त्यस्तै ललितपुर बचत संघका अध्यक्ष रामहरि बजगाईले बचत संघको राहत कोष मार्फत केहि रकम र संघका सञ्चालक समितका संस्थाबाट केहि रकम संकलन गरी सहयोग प्रदान गरिएको बताउनुभयो । देश दुख्दा हामीलाई पीडा हुनुपर्छ भन्दै उहाँले जहाँबाट जति सकिन्छ, त्यति सहयोगी बन्नु नै पीडामाथि मलम भएको बताउनुभयो । यस कार्यमा सम्पूण सहकारीकर्मीहरुलाई सक्दो सहयोग गर्नुहुन पनि उहाँले अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij