ई–आर्थिक, भक्तपुर, १५ चैत : भक्तपुरमा आजदेखि मोतिबिन्दुको निःशुल्क शल्यक्रिया शुरु भएको छ ।
भक्तपुर नगरपालिका र नेपाल आँखा कार्यक्रम तिलङ्गा आँखा प्रतिष्ठानको सहकार्यमा च्यामासिंहका जिल्ला सामुदायिक आँखा केन्द्रमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया शुरु भएको हो ।
मोतिबिन्दु शल्यक्रियाको उद्घाटन गर्दै नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुरमै सबै किसिमका आँखा सेवाको उपचार शुरु हुनु गौरवको विषय भएको बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकले सस्तो र गुणस्तरीय सेवा यहाँबाट पाउने विश्वास व्यक्त गर्नुभयो ।