२०८३ साउन ९ शनिबार

पर्वत उद्योग वाणिज्य सङ्घको ३६औँ साधारणसभामा

ई आर्थिक    आइतबार, पौस २९ २०७५
2.1K
Shares
पर्वत उद्योग वाणिज्य सङ्घको ३६औँ साधारणसभामा

पर्वत : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्यमशीलताले मात्रै समृद्धि हासिल गर्न सक्ने बताउनुभएको छ ।
पर्वत उद्योग वाणिज्य सङ्घको ३६औँ साधारणसभामा उहाँले भन्नुभयो, “उद्यमशीलताले मात्रै रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने हुँदा यसको विकासमा सम्बन्धीत सबै पक्ष सक्रियताका साथ लाग्नुपर्छ ।”

“देश विकासको नयाँ युगमा प्रवेश गर्दैछ”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “देश विकासका लागि हरेक क्षेत्रमा उद्यमशीलतको विकास हुन जरुरी छ ।”

उहाँले सङ्घीय संसद्ले फागुन २१ सम्म सबै कानून निर्माणको काम सक्ने उल्लेख गर्दै ऐन बनेपछि सबै क्षेत्रमा काम गर्न सहज वातावरण निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशका ८५ वटै तहमा औद्योगिक ग्राम बनाउने तयारी भएको बताउँदै उद्योगमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

पोखरापछि पर्यटनको इपी सेन्टरका रुपमा पर्वतको कुस्मालाई विकास गर्ने लक्ष्य लिइएको र पोखरा आउने पर्यटकलाई पर्वतसम्म आउने वातावरण बनाउन सरकारले ठूला योजना बनाउँदै गरेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य पद्म गिरीले सरकारले आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल हुनेगरी काम गरिरहेको हुँदा विरोधीले दुई÷चार दिन गर्ने हल्लाको कुनै औचित्य हुँदैन भन्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्र ढकालले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न सक्ने गरी नीति तथा कार्यक्रम ल्याउन आग्रह गर्दै गण्डकी प्रदेशमा ठूला उद्योग सञ्चालन गर्न निजी क्षेत्र इच्छुक रहेकाले त्यसका लागि वातावरण बनाउन सबै तहका सरकारले काम गर्नुपर्छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij