चालू वर्षमा भने सरकारले प्रशारणलाइन र सवस्टेसनका लागि १४ अर्ब ७४ करोड रूपैयाँ बिनियोजन गरेको छ । प्राधिकरण प्रशारणलाइन निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभुषण चौधरीले प्रशारणलाइन निर्माणलाई जोड दिँदै प्राधिकरणले १० बर्षे योजना अघि बढाएको जानकारी दिए ।
प्राधिकरणका अनुसार प्रशारणलाइन तथा सवस्टेसनका लागि एक वर्षभित्र २ अर्ब ४९ करोड, ३ वर्षभित्र ४५ अर्ब ९१ करोड, ५ वर्षभित्र ५० अर्ब ७५ करोड तथा १० वर्षभित्र ५ खर्ब ३९ अर्ब ५५ करोड ८० लाख बराबर लगानी गर्ने योजना छ ।
मुलुकभित्र १० हजार ९८ किलोमिटर र अन्तरदेशीय १ हजार ९ सय २ किलोमिटर गरी १२ हजार किलोमिटर प्रशारणलाइन बनाउने योजना राखेको प्राधिकरणले १० हजार ३ सय ३१ एमभीए सवस्टेसन निर्माण गर्ने योजना बनाएको छ । योजनाअनुसार एक वर्षभित्र मुलुकभित्रै ५ सय ३६ किलोमिटर र १ सय ३० किलोमिटर अन्तरदेशीय प्रशारणलाइन र १ हजार ३ सय ७४ एमभीए सवस्टेशन तथा तीन वर्षभित्र मुलुकभित्र २ हजार ५ सय ६९ किलोमिटर प्रशारणलाइन, अन्तरदेशीय ३३ किलोमिटर र ६ हजार ८७ सय १८ एमभीए सवस्टेशन निर्माण गर्ने लक्ष्य छ ।
त्यसैगरी ५ वर्षभित्र मुलुकभित्र १ हजार ८ सय ३८ किलोमिटर र २ हजार १ सय ३९ एमभीए सवस्टेशन तथा १० वर्षभित्र ५ हजार १ सय ५५ किलोमिटर प्रशारणलाइन र १ हजार ७ सय ३९ किलोमिटर अन्तरदेशीय प्रशारणलाइन बनाउने प्राधिकरणले लक्ष्य लिएको छ ।
प्राधिकरणका अनुसार हाल ३ हजार ४ सय ६७ किलोमिटर प्रशारणलाइन मुलुकभित्र छ भने १ सय ३० किलोमिटर अन्तरदेशीय प्रशारणलाइन छ । ३ हजार १ सय ५५ एमभीए सवस्टेशन रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार हाल ४ सय केभीका एक प्रशारणलाइन र सवस्टेशन, २२० केभीका ५ प्रशारणलाइन र एक सवस्टेशन, १३२ केभीका २५ प्रशारणलाइन र ४ सवस्टेसन तथा ६६ केभीको एक प्रशारणलाइन आयोजनाहरू निर्माणाधीन छन् ।
कूल ३ हजार १ सय ३८ किलोमिटर प्रशारणलाइन र ६ हजार ८ सय १३ एमभीए सवस्टेसन निमार्णाधीन रहेको प्राधिकरणले जनाएको छ ।सन् २०२० भित्र सरकारले थप ३३ सय किलोमिटर प्रशारणलाइन बनाउने लक्ष्य राखे पनि पूरा गर्न कठिन देखिन्छ । तर, आगामी १० वर्षका लागि भने प्राधिकरणले ठूलो लगानीसहितको योजना अघि सारेको छ ।
हाल ४०० केभीको ८० किलोमिटर मात्र प्रशारणलाइन रहेकोमा १० वर्षभित्र ७ हजार ५ सय ६६ किलोमिटर, ७५ किलोमिरट मात्र २२० केभी प्रशारणलाइन रहेकोमा १ हजार १ सय ७६ किलोमिटर र २ हजार ८ सय १९ किलोमिटर १३२ केभीको प्रशारणलाइन रहेकोमा ३ हजार १ सय २८ पु¥याउने लक्ष्य प्राधिकरणको छ । ४ सय ९३ किलोमिटर ६६ केभी प्रशारणलाइन रहेकोमा यसमा थप गर्ने लक्ष्य भने छैन । प्राधिकररणले १३२ केभी र यसमाथिका आयोजना मात्र निर्माण गर्ने योजना बनाएको छ ।
प्राधिकरणको लगानी योजना वर्ष लगानी (अर्ब) प्रशारणलाइन (किलोमिटर) १ २.४९ ६६६ ३ ४५.९१ २६०२ ५ ५०.७५ १८३८ १० ५३९ ६८९४ स्रोत : नेपाल विद्युत् प्राधिकरण
कारोबारबाट