२०८३ साउन ११ सोमबार

‘गरीबीको अन्त्य गर्न सहकारी आवश्यक’

ई आर्थिक    शनिबार, मंसिर २९ २०७५
4.1K
Shares
‘गरीबीको अन्त्य गर्न सहकारी आवश्यक’

सुर्खेत, २८ मङ्सिर : कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले सहकारीको माध्यमबाट कर्णालीको गरीबी अन्त्य गरिने बताउनुभएको छ ।

गुर्भाकोट नगरपालिका–५ स्थित थक्लेनी एकीकृत सत्रु जीव व्यवस्थापन, कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडको पाँचाँै वार्षिक साधारणसभा तथा कार्यालय भवनको उद्घाटन गर्दै मन्त्री केसीले ग्रामीण भेगमा रहेको गरीबी अन्त्य गर्न कर्णालीका सहकारी सञ्चालक केन्द्रित नभई शेयर सदस्यमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

नमूनाका रुपमा एउटा जिल्लाको एक स्थानीय तहमा सहकारी नमूना गाउँ निमार्ण गर्न रु १० करोड विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । “किसानलाई प्रोत्साहन गर्न उत्पादक नायक र नायिका घोषणा गरिनेछ,” उहाँले भन्नुभयो । सो भवन कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु १० लाख अनुदान तथा सहकारीको रु चार लाख श्रमदानमा निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij