२०८३ साउन १२ मंगलबार

३० वर्षेका आधा दर्जन मुद्दा खारेज

ई आर्थिक    बुधबार, मंसिर १९ २०७५
2.6K
Shares
३० वर्षेका आधा दर्जन मुद्दा खारेज
काठमाडौँ — केन्द्रीय बैंकलगायत सरकारी स्वामित्वका बैंकमा ३० वर्षे सेवा अवधि खारेजीको माग गर्दै अदालत पुगेका कर्मचारीका रिट सर्वोच्चले खारेज गरिदिएको छ ।

उक्त विषयमा करिब डेढ वर्षदेखि विचाराधीन अवस्थामा रहेका रिटमध्ये आधा दर्जन मुद्दा मंगलबार सर्वोच्चले खारेज गरेको हो ।

न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको इजलासले यस्तो निर्णय गरेको हो ।

हाल राष्ट्र बैंकमा ३० वर्षे सेवा अवधि वा ५८ वर्ष उमेर जुन छिटो हुन्छ, त्यसको आधारमा अवकाश हुने व्यवस्था छ । गत वर्ष उक्त व्यवस्था परिमार्जन गरी व्यवस्थापनले ३० वर्षे सेवावधि हटाएर ५८ वर्षमा मात्र अवकाश हुने व्यवस्थाको प्रस्ताव स्वीकृतिका लागि लोकसेवा आयोग पठाएको थियो । उक्त विषयमा आयोगको स्वीकृति नपाएपछि हाल पुरानै व्यवस्था कायम छ ।

यसकारण ३० वर्षे सेवा अवधि हटाउन व्यवस्थापनबाट तत्काल पहल नहुने देखिएपछि सोही व्यवस्थाले अवकाश भएका तथा अवकाश नजिक पुगेका कर्मचारी अदालत पुगेका थिए । यो विषयमा करिब दर्जन मुद्दा अझै अदालतमा विचाराधीन छन् ।

कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij