२०८३ साउन ९ शनिबार

बहुप्रतिक्षित कर्मचारी समायोजन अध्यादेश स्वीकृत, १ लाख ९ हजार कर्मचारीको समायोजन प्रक्रिया शुरु हुने

ई आर्थिक    मंगलबार, मंसिर १८ २०७५
2.3K
Shares
बहुप्रतिक्षित कर्मचारी समायोजन अध्यादेश स्वीकृत, १ लाख ९ हजार कर्मचारीको समायोजन प्रक्रिया शुरु हुने
सागर पण्डित, काठमाडौं। सरकारले संघीयता कार्यान्वयनको महत्वपुर्ण र पेचिलो विषयको रुपमा रहेको बहुप्रतिक्षित कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको छ । सोमबार राती सिहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश स्वीकृत गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाउने निर्णय गरेको हो ।
सरकारको यो निर्णय सँगै अब निजामती सेवामा रहेका ८९ हजार ३९ र स्थानीय तहमा रहेका २० हजार गरि १ लाख ९ हजार कर्मचारीको समायोजन प्रक्रिया शुरु हुने छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भएको जलवायू सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई वुधवार नेपाल फर्केलगत्तै सो अध्यादेश प्रमाणीकरण हुनेछ ।

अध्यादेश प्रमाणीकरण भएर राजपत्रमा सुचना प्रकाशन भएकै दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन प्रक्रिया थाल्ने जनाएको छ । जस अनुसार यही साता मन्त्रालयले समायोजनमा जानका लागि कर्मचारीलाई सुुचना प्रकाशन गरि प्रक्रिया थाल्ने छ । समायोजन गर्दा ३५ दिन भित्र समायोजन भएको ठाउमा नजाने कर्मचारीलाई सरकारले अवकाश दिने छ ।

राजधानीबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij