२०८३ साउन ११ सोमबार

नवकान्तिपुर बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

ई आर्थिक    बुधबार, असोज १० २०७५
14.9K
Shares
नवकान्तिपुर बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

शिवप्रसाद सिटौलाको अध्यक्षतामा नयाँ सञ्चालक समिति 

एटिएम’ सञ्चालनमा ल्याउने 

काठमाडौं । नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औं बार्षिक साधारण सभा तथा २१औं वार्षिकोत्सव समारोह सम्पन्न भयो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशबप्रसाद बडालको प्रमुख आतिथ्यमा धुम्रबराह पार्टी प्यालेस, धुम्बाराही काठमाडौंमा सभा सम्पन्न भएको थियो ।

सभामा संस्थाका सञ्चालक समितिको तर्फबाट संस्थाका उपाध्यक्ष बसन्त पौडेलले संस्थाको आ.ब. ०७४/७५ को बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभयो ।सभामा संस्थाका उपाध्यक्ष पौडेलले आ.ब. ०७४/७५ को असार मसान्त सम्ममा संस्थाको कुल निक्षेप रु. २ अर्ब ५ करोड ८९ लाख ८५ हजार २८८ कायम भएको र कर्जा लगानी रु. १ अर्ब २४ करोड ११ लाख ३० हजार ८१७ पुगेको जानकारी गराउनुभयो ।

त्यस्तै संस्थाको चुक्ता पुँजी रु. ६ करोड १८ लाख ९३ हजार ८ सय रहेको छ भने जगेडा तथा अन्य कोषहरु रु. रु १२ करोड ५८ लाख २५ हजार ७०१ रहेको छ । संस्थाको सञ्चालन बचत (मुनाफा) रु. ४ करोड ३३ हजार ६३४ कायम भएको जानकारी दिनुहँुदै संस्थाले आ.ब. ०७४/७५ को मुनाफाबाट सदस्यहरुलाई १८ प्रतिशतको दरले लाभांश वितरणको लागि प्रस्ताव गर्नुभयो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष तथा प्रवन्ध सञ्चालक शिवप्रसाद सिटौलाले आफ्नो स्वागत मन्तब्य व्यक्त गर्नुहँुदै लक्षित क्षेत्रमा छरिएर रहेको अनियन्त्रित पँुजीलाई एकत्रित गर्दै उत्पादनशील क्षेत्रमा लगानी गरेर सहकारी क्षेत्रले देशका न्यून तथा मध्यमवर्गीय समाजमा उल्लेखनीय योगदान पु¥याएको चर्चा गर्नुहँुदै संस्थाले आगामी दिनहरुमा थप प्रगतीको लागि प्रयत्नरत रहने बताउनुभयो । सो अवसरमा संस्थाले आफ्नो सेवालाई विस्तार गर्दै ‘नवकान्तिपुर एटिएम’ सञ्चालनमा ल्याउन लागेको जानकारी गराउनुहुँदै आगामी दिनमा संस्थाले आधुनिक सहकारीताका मुल्य मान्यताहरुलाई अझ ठोस रुपमा व्यवहारमा उतार्ने जानकारी गराउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव प्रसाद बडालले संस्थाको प्रगतिको शुभकामना व्यक्त गर्नुहँुदै सहकारी संस्था सदस्यहरुको स्वायत्त संस्था भएकोले यसको विकास र नियमनको लागि यसका सदस्यहरुले नै सक्रिय भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।साधारणसभामा संस्थाका सदस्यहरुले संस्थाले सदस्यहरुको हितमा गर्नुपर्ने कार्यहरुको सम्बन्धमा आ–आफ्नो राय सुझाव प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाले १५ बर्ष संस्थामा निरन्तर कार्य गरिरहनुभएका ७ जना कर्मचारीहरुलाई रु. ७५००१/- नगद पुरस्कार सहित दीर्घ सेवा पदक २०७५ पुरस्कृत ग¥यो ।

सिटौलाको अध्यक्षतामा नयाँ सञ्चालक समिति 

यसैबीच संस्थाको उक्त साधारणसभाले आगामी ४ बर्षे कार्यकालको लागि नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्पन्न ग¥यो । संस्थाका नयाँ अध्यक्षमा शिव प्रसाद सिटौला रहनुभएको छ भने उपाध्यक्षमा बसन्त पौडेल, सचिवमा मुकुन्दराज पाण्डे, कोषाध्यक्षमा सविना ढकाल रहनुभएको छ ।

त्यसैगरी नयाँ सञ्चालक समितिको सदस्यमा विद्यालक्ष्मी बज्राचार्य, जानुका कँडेल, निर्मला सेढाई रहनुभएको छ । त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा सि.ए. बद्री सेढाई रहनुभएको छ भने सदस्यहरुमा ईन्दिरा थपलिया र मेनुका ताम्राकार रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij