२०८३ साउन ९ शनिबार

पप्पु कन्स्ट्रक्सन प्रमुखलाई पक्राउ पूर्जी

ई आर्थिक    मंगलबार, असोज ९ २०७५
6.9K
Shares
पप्पु कन्स्ट्रक्सन प्रमुखलाई पक्राउ पूर्जी

काठमाडौं । पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी गरिएको छ । जिल्ला अदालत रौतहटले मालिक रौनियारलाई पक्राउ गरिएको हो ।

यही भदौ ९ गते रौतहटको लाल बकैया नदीमा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको मुद्दामा अनुसन्धानका लागि पप्पु कन्सन्ट्रक्सनका प्रमुखलाई बोलाइएको थियो ।

भदौ ९ गते टिकुलियामा रहेको लाल बकैया नदीमा २९ जना सवार डुङ्गा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।
निर्माणाधीन पुलको पिल्लरमा ठोक्किएर डुङ्गा फुट्दा दुर्घटना भएको थियो । त्यसैगरी समयमै पुल निर्माणको काम नसक्ने कम्पनी दोषी भएका भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए ।

यो विषयमा अनुपस्थित भएपछि जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ । रौनियारलाई पक्राउ गर्न जिल्ला अदालतको पूर्जी जिल्ला प्रहरी कार्यालय रौतहटमा पुगेको छ ।

निर्माण कम्पनीको चरम लापरवाहीका कारण स्थानियले अकालमै ज्यान गुमाउनु परेपछि लापरवाही गर्ने पप्पु कन्सन्ट्रक्सनविरुद्ध मुद्दा दायर भएको थियो ।

उक्त पुल २०७४ अषाढ सम्ममा निर्माण सम्पन्न हुनु पर्ने पुलको ५० प्रतिशत पनि काम भएको छैन । सो पुलमा पाँच वटा पिल्लर बाहेक अरु कुनै पनि संरचना बनेको छैन ।

सो पुलको लागत १६ करोड ८६ लाखको लागतमा निर्माण सम्पन्न हुने तय गरिएको थियो । २२५ मिटर लामो सो पुलको तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाले उद्घाटन गरेका थिए ।

पप्पु कन्सट्रक्सनले यो पुल लगायत ठूला दर्जनौं पुल तथा विकास निर्माणका कामहरु ठेक्का लिने गरेको छ । उसले जिम्मा लिएको विकास निर्माणका कार्य समयमा निर्माण नगरेको यो कम्पनी पछिल्लो पटक विवादस्पद कम्पनीको रुपमा दर्ज भएको छ ।

समाचार स्रोतका अनुसार यो कम्पनीले रौतहटको उक्त पुलको क्षति मात्रै हैन्, अन्य ठूला पूर्वाधार निर्माणमा भएको ढिलासुस्तीमा भएको क्षतिको सामना गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij