२०८३ साउन ९ शनिबार

एभरेष्ट बैकका कार्डहोल्डरले स्टार हस्पिटलमा छुट पाउने

ई आर्थिक    सोमबार, असोज ८ २०७५
6.7K
Shares
एभरेष्ट बैकका कार्डहोल्डरले स्टार हस्पिटलमा छुट पाउने

काठमाडौं । एभरेष्ट बैक तथा स्टार हस्पिटल बिच स्टार हस्पिटलको सेवा प्रयोग गर्दा एभरेष्ट बैक लिमीटेडका डेविड तथा क्रेडिट कार्डका होल्डर ग्राहकहरुलाई विषेश छुट प्रदान गर्ने एक संझौतामा हस्ताक्षर भएको छ ।

यो छुट बैकका डेविड तथा क्रेडिट कार्ड होल्डरहरुले बेड चार्ज, ल्याव टेष्ट, एक्रे, इसिजी, अपरेशन चार्ज, इन्डस्कोपि तथा कोलोनोस्कोपी, यूएसजी, सीटी स्क्यान, तथा पीटीएफ मेडिसीनमा पाउन सक्नेछन् । यस सम्बन्धि संझौतामा बैकका महाप्रबन्धक राजिव जैन तथा हस्पिटलका प्रमुख सञ्चालन अधिकुत सन्देश जीसीले हस्ताक्षर गर्नु भएको थियो ।

हाल एभरेष्ट बैकसँग यस क्षेत्रकै बढी ९ लाख ५० हजार भन्दा बढी ग्राहक सख्या रहेको छ । हालै यस बैक क्यामल्स रेटिङ्गमा नेपालका बैकहरु मध्य दोस्रो स्थानमा पर्न सफल भएको छ ।

बैकका ८२ साखा, ७ वटा एक्टेन्सन काउन्टर, २८ वटा रेभिन्यू संकलन केन्द्र तथा ११३ वटा एटिएम तथा यसको ग्लोवल संजालबाट प्राफेस्नल र इफिसीयन्ट बैकिङ्ग सेवा प्रदान गरिरहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij