२०८३ साउन १२ मंगलबार

मुलुकी ऐन कार्यान्वयनको तयारी पूरा

ई आर्थिक    मंगलबार, साउन १५ २०७५
2.7K
Shares
मुलुकी ऐन कार्यान्वयनको तयारी पूरा

काठमाडौँ : आगामी भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी देवानी र मुुलुकी अपराध संहिता लागू गर्ने पूर्ण तयारी भएको महान्यायाधिक्ताको कार्यालयले जनाएको छ ।

महान्यायाधिवक्ता कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा भदौ १ गतेदेखि लागू हुने मुलुकी देवानी (संहिता), २०७४, मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ लागू गर्ने तयारी पूरा भएको जानकारी दिएको हो ।

गृह मन्त्रालय, सरकारी वकिल कार्यालय, नेपाल प्रहरी, सरकारी वकिलका बीचमा आज भएको छलफलमा सो ऐनहरु लागू गर्ने विषयमा आ–आफ्नो ठाउँबाट कार्यान्वयनका लागि तयारी भएको हो ।

महान्यायाधिवक्ता अग्नि खरेलले सातै प्रदेशमा आवश्यक तालीम पूरा भएको, कानून कार्यान्वयन गर्ने निकायहरुबीच पनि तालीम र तयारी भएको जानकारी दिनुभयो ।

निकै छलफल गरेर कानून बनाइएको र पारिवारि, आर्थिक, सामाजिक, मुलुकको शान्ति सुरक्षासँग जोडिएको कानून मुलुकी ऐन नै हो । विसं १९१० मा बनेको र २०२० सालमा संशोधन भएर ५५ वर्षसम्म लगातार जनताको मूल कानूनका रुपमा मुलुकी ऐनले काम गर्दै आएको छ ।

महान्यायाधिवक्ता खरेलका अनुसार लागू गर्नुभन्दा अगाडि नै करिब ५० वटा जति कानूनी व्यवस्था तत्काल संशोधन गर्नुपर्ने जरुरी छ । भदौ एक गतेदेखि लागू हुने ऐनमा ७५ प्रतिशत कैदी म्याद भूक्तान गर्नुपर्ने व्यवस्था छ । त्यसलाई ५० प्रतिशत भूक्तान गर्नुपर्ने व्यवस्था गर्नुपर्नेलगायतका संशोधन गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij