२०८३ साउन ९ शनिबार

भागबन्डा मिलाउन कृषि मन्त्रालय टुक्र्याइँदै, कानुनमन्त्रीमा तीनजनाको चर्चा

ई आर्थिक    बिहिबार, साउन १० २०७५
2.6K
Shares
भागबन्डा मिलाउन कृषि मन्त्रालय टुक्र्याइँदै, कानुनमन्त्रीमा तीनजनाको चर्चा
मैले पनि छुस्स सुनेको हो, आधिकारिक पत्र आएको छैन : चक्रमाणि खनाल, कृषिमन्त्री

वीरेन्द्र ओली, काठमाडौं, १० साउन  । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गठन गर्ने तयारी छ ।

कृषि विकास, पशुपक्षी विकास, भूमिसुधार तथा व्यवस्था र सहकारी तथा गरिबी निवारण गरी चार मन्त्रालय गाभेर ओली सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाएको थियो ।

नयाँ बन्ने मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई फुलमन्त्री बनाएर ल्याउन लागिएको छ ।

‘पहिला राज्यमन्त्री अर्याललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फुलमन्त्री बनाउने योजना थियो,’ नेकपाका एक नेताले भने, ‘संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेपछि अर्याललाई नयाँ मन्त्रालयमा फुलमन्त्री बनाउने तयारी भएको हो ।’

फोरमबाट स्वास्थ्य राज्यमन्त्री बनाइने

अर्याललाई फुलमन्त्री बनाएपछि स्वास्थ्य राज्यमन्त्री फोरमबाट एक सांसदलाई बनाइनेछ । फोरमबाट यादव स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राई सहरी विकासमन्त्री बनिसकेका छन् । तर, अर्को एक राज्यमन्त्री पनि फोरमलाई दिने सहमति भएको थियो ।

कृषि मन्त्रालय फुटाउन प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच सहमति भइसकेको प्रचण्डको सचिवालयले जानकारी दियो । अब यसरी मन्त्रालय फुटाएपछि २१ बाट २२ पुग्ने भएको छ ।

कानुनमन्त्रीमा तीनजनाको चर्चा

तत्कालीन मन्त्री शेरबहादुर तामाङको राजीनामासँगै भावी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा तीनजनाको नाम चर्चामा छ । नेकपा सांसद भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको नाम चर्चामा छ ।

तीनजनामध्येबाटै एक मन्त्री हुने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले जनायो । ढकाल, पोखरेल र नेम्वाङ तीनैजना प्रत्यक्ष निर्वाचित सांसद हुन् । ढकाल मोरङ क्षेत्र नम्बर ३, पोखरेल चितवन क्षेत्र नम्बर २ र नेम्वाङ पाँचथरबाट निर्वाचित भएका हुन् ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij