२०८३ साउन ९ शनिबार

बुटवलमा पब्लिक कम्पनीअन्तर्गत अत्याधुनिक सुविधासम्पन्न रिसोर्ट सञ्चालन

ई आर्थिक    बिहिबार, असार २१ २०७५
3K
Shares
बुटवलमा पब्लिक कम्पनीअन्तर्गत अत्याधुनिक सुविधासम्पन्न रिसोर्ट सञ्चालन

बुटवल, २१ असार : बुटवलमा आजदेखि अत्याधुनिक सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ ।
पब्लिक कम्पनीअन्तर्गत सञ्चालन हुने सो रिसोर्टमा १४० जनाको लगानी रहेको छ । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्यसहित बुटवल उपमहानगरपालिका–१३ ढबाहामा रु २५ करोड लगानीमा सो रिसोर्ट सञ्चालनमा ल्याइएको हो ।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले आज रिसोर्टको उद्घाटन गर्दै रुपन्देहीमा पर्यटन विकासको प्रचुर सम्भावना रहेकाले स्तरीय होटल र रिसोर्टमा अझै लगानी आवश्यक रहेको बताउनुभयो ।

उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै एक वर्षपछि प्रत्येक दिन १५ देखि २५ हजार आन्तरिक र बाह्य यात्रु तथा पर्यटक रुपन्देही अवतरण गर्ने भएकाले त्यसवारे भविष्यलाई मध्यनजर गरी व्यवसायीले अहिल्यैदेखि तयारी थाल्नुपर्ने सुझाव दिनुभयो ।

आरम्भ ग्रुप अफ हस्पिटालिटी लिअन्तर्गत सञ्चालित रिसोर्ट आफ्नै स्वामित्वको करीब चार बिघा क्षेत्रफलमा सञ्चालन गरिएको छ ।

रिसोर्टमा स्विमिङ पुल, कन्फेरेन्स हल, पार्टी प्यालेससहित विभिन्न तहका नौ वटा वातानुकूलित बेडरुम रहेका रिसोर्टमा एक वर्षभित्र पूरा हुने गरी ५० वटा र दुई वर्षभित्र सय वटा स्तरीय बेडरुम निर्माण गर्ने लक्ष्य रहेको रिसोर्टका सञ्चालक गोपाल पाण्डेले जानकारी दिनुभयो ।

रिसोर्टमै स्नातक तहको होटल व्यवस्थापन (बिएचएम) को कक्षासमेत सञ्चालन भइरहेको छ ।

भविष्यमा रिसोर्टलाई नेपालकै नमूना शिक्षण होटल र पाँचतारे होटलका रुपमा विकास गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । रिसोर्टमा हाल ४७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij