काठमाडौँ । प्रधानमन्त्री के.पी. ओलीले पाँच बर्षमा मुलुकले आर्थिक विकासमा कायापलट हुने वताउनुभएको छ । आज शनिवार कर्णाली प्रदेशको रारामा सुरु भएको रारा महोत्सव उद्घाटनमा त्यहाँ पुगेका प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल बनाउने र जनताका सपनाहरु पूरा गर्नेमा आशंका नगर्न आम नेपालीलाई अपिल गर्नुभएको छ । प्रधानमन्त्रीले आफूले निष्ठाका साथ काम गर्ने प्रतिबद्धता पनि दोहोर्याएउनु भएको छ ।
सम्बोधनमा के–के छ ?
अर्को पृथक परिदृष्य पनि मेरा आँखामा नाचिरहेको छ– नानीहरुका लागि गतिला विद्यालय र त्यहाँसम्म पुग्न भरपर्दा बाटा र पुल छैनन्। सुत्केरी व्यथाले च्यापेका आमाहरुलाई बचाउन हामीसँग पर्याप्त मानवीय र भौतिक संशाधन छैनन्। कर्णाली लगायत नदी अविरल बगिरहेका छन्– तर गाउँ बस्ती अँध्यारै र खेतबारी बाँझै छन्। अनि गर्भभित्र अपार संभावना बोकेर पनि मानव सूचकाङ्कको पुच्छारमा रहेको यो कर्णाली प्रदेश ठूलो सामाजिक आर्थिक रुपान्तरणको पर्खाइमा छ।
नयाँ वर्षको आरम्भ कर्णाली प्रदेशबाट हुनुको एउटा अर्थ, हामी आज कहाँ उभिएका छौं, हाम्रो यात्रा कुन हो र हाम्रो गन्तव्य कहाँ हो भन्ने संकल्पलाई स्पष्ट पार्न पनि हो। ुसमृद्ध नेपाल र सुखी नेपाली’ को हाम्रो संकल्पलाई कर्णालीसँगै सिङ्गो नेपालको समृद्धिले मात्रै सार्थक तुल्याउन सक्छ।
मैले जस्तासुकै प्रतिकूलताको सामना गरेर आफ्नो स्वाभिमान र स्वाधीनता कायम राख्न सफल हाम्रो राष्ट्रको विवेकपूर्ण फैसलाको रुपमा बुझेको छु।
अन्यौल र अनिश्चयका बीचमा, हिंसा र अस्थिरताका प्रयासलाई छिचोल्दै गत मङ्सिरमा सम्पन्न निर्वाचनमा यहाँहरुले हाम्रो पार्टी र वामपन्थी–लोकतान्त्रिक चुनावी तालमेलका पक्षमा अपूर्व विश्वास प्रकट गर्नुभएको छ। यस विश्वासलाई मैले हाम्रो आगामी यात्राको मार्गदर्शन र अग्रगतिका लागि ऊर्जाको रुपमा लिएको छु।
गत निर्वाचनमा कतै कठ्याङ्ग्रिँदो चिसो सहँदै त कतै हिंसाको सामना गर्दै, कतै काखमा नानीहरु च्याप्दै त कतै लौरो टेक्दै, अनि कतै स्ट्रेचरमा बोकिँदै त कतै आफन्तको वियोगलाई समेत आफूभित्रै दबाउँदै यहाँहरुले गर्नुभएको मतदान अहिले पनि मेरो आँखामा जीवन्त छ। यसरी तपाइँहरुले मतपेटिकामा खसाउनु भएको मतपत्र सामान्य कागज मात्र थिएन, त्यो निर्वाचन नयाँ युगको प्रवेश द्वार थियो र तपाईहरुले खसाउनु भएको मत त्यही प्रवेश द्वारको ताला खोल्ने साँचो थियो।
राष्ट्र निर्माणका लागि बलियो आत्मविश्वास चाहिन्छ। भविष्य उज्ज्वल छ भन्ने दृढ विश्वास बिना, आफ्नो देश आफैँ बनाउन सक्छौं भन्ने उच्च मनोबल बिना र जस्ता सुकै अवरोधका पहाड पनि नाघ्न सकिन्छ भन्ने अदम्य साहस बिना राष्ट्रले सफलता हासिल गर्न सक्दैन। मनोवैज्ञानिक रुपमै कमजोर बनेको राष्ट्रले चुनौती सामना गर्न सक्दैन। हामी भित्रै लघुताभाष हुर्काउने, आफ्नै सामथ्र्यप्रति अविश्वास जगाइदिने र भविष्यप्रति निराशा पैदा गर्ने प्रयासहरु यदाकदा हुने गरेका छन्। तसर्थ, हाम्रो सर्वोपरि प्रयास राष्ट्रमा भरपर्दो आत्मविश्वास जगाउने कुरामा केन्द्रित हुने छ।
नेपालको भविष्य सुदृढ र उज्वल छ। नेपाललाई पछाडि पार्ने सामन्तवाद अब इतिहास भइसकेको छ। पराधीन बनाउने सोचहरु कमजोर भएका छन्। विभाजित गर्ने शक्तिहरु किनारा लागेका छन्। राजनीतिलाई सत्तारोहण र जिम्मेवारीलाई निजी या सङ्कीर्ण समूहगत स्वार्थपूर्तिको भर्याङ ठान्ने चिन्तन पराजित भएको छ।
यस सरकारका कामहरु लोकतन्त्र मानव अधिकार र खुल्ला समाजको अवधारणाबाट निर्देशित हुने छन्। सरकारका कार्यक्रमहरु, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जरैसम्म सुदृढ गर्ने दिशामा परिलक्षित हुनेछन। प्रदेश र स्थानीय तहहरुलाई सक्षम, सुदुढ र आत्मनिर्भर बनाउन विशेष भूमिका खेलिनेछ।
मैले पटक–पटक भन्दै आएको छु– हामीले चाहेको लोकतन्त्र, ‘दल खोल्ने, चुनावमा भाग लिने र बोल्ने–लेख्ने अधिकार भएको लोकतन्त्र मात्रै हैन, कम्प्रिहेन्सीभ ९समग्र० लोकतन्त्र हो। आर्थिक अधिकार र सामाजिक न्याय बिनाको लोकतन्त्र, औपचारिक र अधुरो हुन्छ।
हाम्रो संविधानले निर्देश गरेको ‘समाजवाद उन्मुख राज्य’ निर्माणका लागि सामाजिक उत्पीडन र आर्थिक शोषणका कारण समाप्त पार्ने दिशातर्फ हाम्रा कार्यक्रमहरु परिलक्षित हुनेछन्। निरपेक्ष गरिबी, निरक्षरता, आधारभूत स्वास्थ्य सेवा– यातायात–विद्युत–खानेपानी जस्ता न्यूनतम सुविधाबाट बञ्चित रहनुपर्ने वाध्यता र पूर्ण बेरोजगारी अब हाम्रा कामका मुख्य निशाना हुनेछन्। निश्चित समयावधिभित्र सबै नागरिकलाई यस्तो अवस्थाबाट मुक्त गर्न सशक्त राष्ट्रिय अभियान सञ्चालन गरिने छ। सबै बालबालिकालाई शिक्षाको अधिकार सुनिश्चित गर्न आजैबाट हामी सबैले सहजकर्ताको भूमिकामा विद्यार्थी भर्ना अभियान सुरु गर्नुपर्छ।
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक सामाजिक बनोट हाम्रो विशेषता मात्रै होइन, सामाजिक सम्पदा समेत हो। विविधता, बहुलता, सामाजिक सद्भाव र सांस्कृतिक सहचार्य हाम्रो समाजको विशेष पहिचान हो। यसैमाथि अडेको छ हाम्रो बलियो राष्ट्रिय एकता। तर यसलाई खल्बल्याउने, गरिबी, बेरोजगारी र अविकास जस्ता मुख्य मुद्दाबाट ध्यान बर्गेल्ने र त्यस अप्रिय परिस्थितिलाई दुरुपयोग गर्दै सामुदायिक सद्भावका ठाउँमा अविश्वास, सामाजिक द्वेष र घृणा फैलाउने प्रयास पनि यदाकदा देखा पर्ने गरेका छन्। यस्तो कुरा नेपाल र नेपालीलाई स्वीकार्य हुने छैन।
भ्रष्टाचारले समाजलाई बर्बाद बनाउँछ। वर्तमान सरकार भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन ढङ्गले प्रस्तुत हुने छ। यसका लागि आवश्यक कानुनी र संरचनागत सुधार गरिने छ। कुनै बहानाबाजी स्वीकार्य हुने छैन। कतैबाट पनि भ्रष्टहरुलाई संरक्षण गर्न दिइने छैन। भ्रष्टाचार कुनै परियोजना, सार्वजनिक खरिद प्रक्रिया या सेवाग्राहीसँग लिइने रकमको अपचलन मात्रै होइन। त्यसरी भएको आर्थिक क्षति त कुनै हिसाबले पूर्ति पनि हुन सक्ला। तर भ्रष्टाचारले सिर्जना गर्ने सामाजिक मूल्यहरुको क्षयीकरण, लोकतन्त्रप्रति अविश्वास र व्यक्ति एवं संस्थाको नैतिक चरित्रमा ल्याउने स्खलनको भने कुनै क्षतिपूर्ति संभव छैन।
अबको हाम्रो सर्वोपरि राष्ट्रिय अभिभारा, सङ्कल्प र कामको केन्द्रबिन्दु आर्थिक समृद्धि हो। विगतका गुमाइएका मूल्यवान समयको समेत शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई असाधारण तीव्रता दिइने छ। हामीले सन् २०२२ सम्ममा नेपाललाई अति अल्पविकसित अवस्थाबाट स्तरोन्नत गर्नु छ र सन् २०३० सम्ममा दिगो विकास लक्ष्यका १७ लक्ष्य तथा १६९ सहायक लक्ष्यका प्रतिवद्धतालाई पूरा गर्नु छ। कतिपयलाई यो उद्घोष महत्वाकाङ्क्षी लाग्न सक्छ। तर उच्च आकाङ्क्षा नलिइकन, त्यसका लागि जोखिम नमोलिकन र त्यस निम्ति नयाँ नीति, संरचना र शैलीको अबलम्बन नगरीकन कुनै पनि राष्ट्रले फड्को मार्न सक्दैन।
हामीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारामा अभिव्यक्त गरेका छौं। सरकार विकासका गतिलाई योजनावद्ध ढंगले अघि बढाउन प्रतिवद्ध छ। त्यसका निम्ति देश भित्रको प्राकृतिक र मानव श्रोत, पूँजी र सीप परिचालन गर्न सबै सामथ्र्यका साथ सरकार केन्द्रीत हुनेछ।
राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अङ्गका रुपमा निजी क्षेत्रलाई सहभागी बनाउँदै लगानीमैत्री वातावरण, अनुकूल श्रम सम्बन्ध र लगानी तथा मुनाफाको सुरक्षाको प्रत्याभूति गरिनेछ।
सार्वजनिक–निजी–साझेदारीलाई महत्वका साथ अघि बढाइने छ। यस प्रसंगमा हामी एक्लै काफी छौं भन्दैनौं, छिमेकी तथा अन्तर्राष्ट्रिय मित्रहरु, वैदेशिक लगानीकर्ताहरु तथा वित्तिय संस्थाहरुसँग हातेमालो गरिनेछ। त्यसैले म यहींबाट आह्वान गर्दछु, स्वदेशी तथा विदेशी लगानीकर्ताहरु– ढुक्कसँग लगानी गर्नुहोस्। पारदर्शी कर, श्रमिकहरुको हित र वातावरणीय पक्षप्रति संवेदनशील हँुदै समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदानका लागि सरिक बन्नुहोस्। तपाईको लगानी र मुनाफाको सुरक्षाप्रति सरकार सजग छ, अनावश्यक कानुनी र प्रशासनिक झण्झट अब तपाइँहरुले सामना गर्नु पर्ने छैन। कुनै अतिरिक्त सेवा सुविधा र कमिशन दिन नसकेका कारण लगानीको अवसर प्राप्त नहुने या लगानी फिर्ता लैजानेजस्ता विगतका वाध्यता सामना गर्नु पर्ने छैन।
कतिपयलाई लाग्छ– उपरोक्त लक्ष्य हासिल गर्न हामीसँग साधनस्रोतको अभाव छ। मैले भन्दै आएको छु– पैसा भएर, धन भएर कसैले विकास गरेको हैन। विकास गरेर मात्र देशहरु धनी भएका छन्।
आर्थिक रुपमा परनिर्भर हुनु पर्दा कसरी राष्ट्रिय स्वाभीमानमा आँच पुग्दो रहेछ र राष्ट्रियता नै जोखिममा पर्दो रहेछ भन्ने पाठ इतिहासले हामीलाई कहिल्यै नबिर्सने सिकाएको छ। त्यसैले योजनावद्ध आर्थिक विकास, पारस्परिक अन्तरनिर्भरता र व्यापारको विविधीकरण मार्फत् मुलुकलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन सरकार केन्द्रित हुने छ।
दुई तिहाइ जनताको जीवन ज्युँने आधारको रुपमा रहेको कृषि अझै पनि निर्वाहमुखी, अव्यवसायिक, परम्परागत तथा अनुत्पादक रहनुलाई मैले ठूलो चुनौतीका रुपमा लिएको छु। यसै त टुक्रिएको जमिन, आधुनिकीकरण एवं उत्पादन र उत्पादकत्वको बृद्धिमा समस्याको रुपमा छँदैछ, त्यसमाथि बजार प्रबन्धमा समस्या, उर्बर जमिनको अतिक्रमण र जलवायु परिवर्तन आदिका प्रभावले कृषि क्षेत्रको सङ्कट बढाइदिएको छ।
कृषि प्रधान देशबाट, कृषि सवल देशमा परिवर्तन गर्ने, कृषिमा निर्भर दुई तिहाइ जनसंख्यालाई पाँच बर्षभित्र २५ प्रतिशतमा सिमित गर्ने, कृषि उत्पादकत्व ५ वर्ष भित्र ४ गुण बृद्धि गर्ने, राष्ट्रिय अर्थतन्त्रमा रहेको कृषिको हालको योगदान एक तिहाईबाट झारेर २० देखि २५ प्रतिशतमा सीमित गर्ने गरी हाम्रा कामहरु अघि बढाइने छ।
कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्दै कृषिलाई सम्मानित पेशा र किसानहरुलाई सम्मानित नागरिकका रुपमा अगाडि बढाउने कार्यक्रमहरु सरकारको नीति तथा कार्यक्रममा विस्तृत रुपमा चर्चा गरिने छ। यस्तै, आगामी नीति कार्यक्रममा जलस्रोत तथा ऊर्जाको विकास, रेल तथा जलमार्ग सहितको आधुनिक यातायात र पूर्वाधारको विकासको विस्तृत खाका प्रस्तुत गरिनेछ।
आज हामी कर्णाली प्रदेशको लागि पर्%