काठमाडौं । सेयर खरिद विक्रीमा पनि प्रविधिको प्रयोग हुने भएको छ । नेपाल धितोपत्र बोर्डले २०७५ सालको सुरुदेखि इन्टरनेट मार्फत शेयर खरिद बिक्रीका लागि आदेश दिन सक्ने व्यवस्था गर्न धितोपत्र ब्रोकर व्यवसायीलाई परिपत्र जारी गरेको छ ।
यो परिपत्रसँगै हाल शेयर खरिद बिक्री गर्न ब्रोकर कार्यालयमा प्रत्यक्ष उपस्थित हुनु पर्ने वा फोनबाट आदेश दिन सक्ने व्यवस्थाको अन्त्य हुने भएको छ ।
बोर्डले जारी गरेको परिपत्रसँगै लगानीकर्ताले अनलाइनबाट पनि सेयर खरिद बिक्री गर्न पाउने भएका छन् । ब्रोकर कम्पनीहरुले हाल प्रयोग गरिरहेको ब्रोकर व्याक अफिस सफ्टवेरमा आवश्यक सुधार गरी इन्टरनेटबाटै खरिद बिक्री आदेश दिन सकिने सुविधा समावेश गरिएकाले बैशाखदेखि नै सो व्यवस्था कार्यान्यवन आउने धितोपत्र बोर्डले जानकारी दिएको छ ।
यो व्यवस्थाले लगानीकर्ताहरुलाई सेयर खरिद बिक्री गर्न धितोपत्रको कारोबार प्रक्रिया तथा अभिलेख प्रक्रिया थप व्यवस्थित सहज, पारदर्शी, सरल, छिटो, छरितो र लगानी मैत्री हुने धितोपत्र बोर्डले विश्वास लिएको छ ।