२०८३ साउन ९ शनिबार

तालिबानको आक्रमणमा गभर्नरसहित बाह्र सुरक्षाकर्मीको मृत्यु

ई आर्थिक    बिहिबार, चैत्र २९ २०७४
4.5K
Shares
तालिबानको आक्रमणमा गभर्नरसहित बाह्र सुरक्षाकर्मीको मृत्यु
गजनी, अफगानिस्तान,  अफगानिस्तानको पूर्वी प्रान्त गजनीको खब्जा ओमारी जिल्लामा अवस्थित जिल्ला प्रमुख कार्यालयमा भएको तालिबान आतङ्ककारी आक्रमणमा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ ।

यस आक्रमणमा परी जिल्ला गभर्नरसहित १२ भन्दा बढीको मृत्यु भएको स्थानीय अधिकारी रमाजान अलि मोहसिनीले जानकारी दिनुभएको छ ।

खब्जा ओमरी जिल्लामा रहेको सुरक्षा जाँच चौकीमा स्थानीय समयाअनुसार बिहीबार बिहान ३ बजे तालिबान आतङ्ककारी समूहले आक्रमण गरेका थिए ।

सो आक्रमणमा परी खब्जा ओमरीका जिल्ला गभर्नरसहित अन्य ११ जना सुरक्षा अधिकारीको मृत्यु भएको मोहसिनीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभएको छ ।

आतङ्ककारी आक्रमणपछि भएको दोहोरो गोली हानाहानमा करिब ४० आतङ्ककारी पक्राउ पुर्नका साथै अरु केही घाइते भएका सुरक्षास्रोतले जानकारी दिएको छ ।

यद्यपी तालिबान आतङ्ककारी समूहले यस आक्रमणको दाबी गर्दै खब्जा ओमरी जिल्लाको प्रहरी जाँच कार्यालय कब्जा लिएको समेत दाबी गरेका छन् ।

यसैबीच प्रान्तीय प्रहरी प्रवक्ता मोहमद जमानले तालिबान र सुरक्षा अधिकारीबीचको झडपको पुष्टि गर्दै तालिबानले कब्जा गरेको भनी गरेको दाबी भने अस्विकार गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij