काठमाडौं । कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको दोस्रो भेला सम्पन्न भेलाले पोखरा रोयल सहकारीका मुख्य प्रबन्धक मिलन ढकालको संयोजकत्वमा ११ सद्स्य कार्य समिति चयन गरेको छ ।
जसको सदस्यहरुमा कमल मोहन आचार्य (डाफे सहकारी), पशुपति अधिकारी (सहयात्री सहकारी), डम्बर सिंह बस्नेत (गौरीशंकर सहकारी), बोधराज रेग्मी (दर्पण सहकारी), कमल सुवेदी (सरल नमुना सहकारी), सरोज कुवँर (क्षेत्रशक्ति सहकारी), सन्तोष त्रिपाठी (नयन सहकारी), हरि प्रसाद पन्थी (पिपल्स सहकारी), निरु थापा (प्राइम सहकारी) र सावित्री पौडेल (अग्रसर सहकारी) रहनु भएको छ ।
दोस्रो भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ लि कास्कीका वरिष्ठ प्रबन्धक भोजराज घिमिरे १ बर्षमा क्लबले गरेका गतिविधिले आफू पनि प्रभावित भएको र उद्देश्य अनुसार अगाडि बढी रहेकोले बधाईको पात्र भएको कुरा ब्यक्त गर्नुभयो ।
निर्वाचन कार्यक्रमका संयोजक केदारनाथ उप्रेतीले सर्वसम्मत समिति चयन गरी नमुना प्रस्तुत गरेकोमा क्लब बधाईको पात्र रहेको कुरा व्यक्त गर्नु भयो । क्लबका संयोजक मीलन ढकालले यो क्लब ब्यवस्थापकको क्षमता अभिबृद्धि गरी सहकारी संस्थाको गुणात्मकता कायम गर्ने उद्देश्यका साथ स्थापित भएकोले सो उद्देश्य भन्दा बाहिर गै कार्य नगरेको र अगामी दिनमा पनि नगर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यस क्लबलाई युनियनको रुपमा बिकास गरिने छैन मात्र क्वालिटी सर्कलको रुपमा विकास गरिने र जिल्ला सहकारी संघ लि कास्की को माताहात मा रही कार्य गरिने छ । त्यस्तै क्लबले १ बर्षको अवधिमा गरेका कार्यहरु के कस्ता थिए सबै सहकारी कर्मीले मुल्यांकन गरिदिनु हुन अनुरोध गर्दछु । उक्त कार्यक्रम अनुराग श्रेष्ठले सञ्चालन गर्नु भएको थियो । कार्यक्रम सँगै रमाइलो बनभोज कार्यक्रम पनि सँगै भएको थियो ।