२०८३ साउन १२ मंगलबार

ज्योति विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

ई आर्थिक    बुधबार, चैत्र २१ २०७४
4.8K
Shares
ज्योति विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीच बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाका बीच बैंकासुरेन्स सम्झौता भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट का.मु प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गर्नुभएको थियो । यस बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।

बैंकले हाल ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । निकट भविष्यमा नै बैंकको १० वटा नयाँ शाखा सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । हालसम्म करिब १ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई बैंकिङ्ग सेवा उपलव्ध गराउँदै आएको बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij