२०८३ साउन ९ शनिबार

विदा कटौतीप्रति चेम्वर खुशी, भन्यो– ‘हामीले निरन्तर राख्दै आएको माग सरकारले पुरा गरिदियो’

ई आर्थिक    बिहिबार, चैत्र १५ २०७४
2.6K
Shares
विदा कटौतीप्रति चेम्वर खुशी, भन्यो– ‘हामीले निरन्तर राख्दै आएको माग सरकारले पुरा गरिदियो’

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले सरकारले सार्वजनिक विदा कटौती गरेकोमा खुशी व्यक्त गरेको छ । चेम्वरले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी सरकारले सराहनीय कार्य गरेको भन्दै धन्यबाद व्यक्त गरेको छ । ‘हामीले निरन्तर राख्दै आएको मागको सुनुवाई गरी विदा कटौती गरेकोमा हामी सरकारप्रति आभार व्यक्त गर्दछौ’ं, चेम्बरद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वढी सार्वजनिक विदाका कारण मुलुकको अर्थतन्त्रमै नकारात्मक असर पारेको भन्दै चेम्वरले विदा कटौती गर्न सरकारसँंग निरन्तर माग राख्दै आएको थियो । प्रधानमन्त्री, मन्त्रीलगायतका उच्चपदस्थ सरकारी अधिकारीहरुसँंगको भेटघाटमा चेम्वरले यो माग राख्दै आएको थियो । साथै चेम्वरले सार्वजनिक विदाहरुमा बैंक तथा वितीय संस्थाहरु सञ्चालनको माग पनि राख्दै आएको थियो ।

सरकारले विसं २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरी विदा कटौती गरेको हो । मन्त्रिपरिषद्को बुधवार साँझ बालुवाटारमा बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको थियो । यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो । सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका बिदाको दिन २२ र सबैलाई हुने सार्वजनिक बिदाको दिन भने ६७ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij