२०८३ साउन ९ शनिबार

सुनचाँदी व्यवसायीका दुई छाता संगठन एक हुने

ई आर्थिक    बिहिबार, चैत्र १५ २०७४
6.4K
Shares
सुनचाँदी व्यवसायीका दुई छाता संगठन एक हुने

काठमाडौं । सुनचाँदी व्यवसायीहरुका दुई छाता संगठनहरु एक हुने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ एकीकरण सम्बन्धी दुबै संगठनहरु एक हुने भएका हुन् । दुवै महासङघका अध्यक्षहरु क्रमशः मोहनकुमार सुनार र रमेश महर्जन संयोजक रहने गरी एकीकृत गर्ने सहमति भएको हो ।

सुनचाँदी क्षेत्रमा देखिएका विद्यमान समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न एकीकरण आवश्यक रहेको भन्दै व्यवसायीहरूको माग आएपछि सोही बमोजिम प्रक्रिया अगाडि बढाइएको अध्यक्ष महर्जजनले जानकारी दिए ।

व्यवसाय विस्तार एवं निर्यात प्रवद्र्धन, व्यवसायको स्तरोन्नति, राजश्वमा योगदान गर्दै अर्थतन्त्रको सुदृढ र दिगो विकासको लागि अब दुवै महासंघ एकिकृत भएर अगाडि बढ्ने उनले जानकारी दिए । दुवै महासंघमा १७ हजारको हाराहारीमा व्यावसायीहरु छन् ।

दुबै छाता संगठनहरु एक भएपछि शक्तिशाली संघ हुने सुनचाँदी व्यवसायीहरुले विश्वास लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij