काठमाडौं । बुम रेमिट्यान्स प्रा.लि.ले पुरस्कारको योजनालाई पुस ३० गतेसम्मलाई सारेको छ । उक्त रेमिटले गएको २०७४ साल भाद्र २८ गते देखि मंसिर ३० गते सम्म लागू हुने गरी विभिन्न पुरस्कारका योजनाहरु अघि सारेको छ । आफ्ना ग्राहकहरुको अनुरोध र अपार सफलताका कारण उत्त योजना २०७४ साल पुस ३० गते सम्मलाई बढाएको जानकारी कम्पनीले गराएको छ ।
उक्त प्रोमोसन अफर अन्तर्गत टिर्सट, घडी, स्कूल व्याग र बम्पर उपहारमा ३२ इन्चको कलर टि.भी. राखिएको कम्पनीका प्रबन्ध निर्देशक धिरेद्र पन्तले जानकारी दिनुभयो । नेपालीहरुको महान चाड माघे संक्रान्तिका दिन पारेर उक्त बम्पर उपहारको चिठ्ठाको विजेता घोषणा गरिने जानकारी पनि पन्तले दिनुभयो ।
हाल कतार, यूएर्ई, बहराईन, कुवेत, ओमान, मालदिफ्स र हङ्गकङ्गबाट विप्रेषण भित्राएको बुम रेमिटले सिघ्र नै मलेसिया, साउदी अरब, दक्षिण कोरीया आदी मुलुकहरुमा सम्बन्ध विस्तार गर्न लागिएको जानकारी गरायो । बुम रेमिटबाट नेपाल भर सस्तो शुल्कमा आन्तरिक विप्रेषण पनि पठाउन सकिने व्यवस्था रहेको छ । कम्पनिको नेपाल भरी ४००० भन्दा बढी एजेन्ट संजाल रहेको छ ।