२०८३ साउन ९ शनिबार

नेप्सेमा अन्तिम तीन जनाको नाम छनौट, को बन्ला महाप्रबन्धक ?

ई आर्थिक    बिहिबार, असोज १९ २०७४
3.9K
Shares
नेप्सेमा अन्तिम तीन जनाको नाम छनौट, को बन्ला महाप्रबन्धक ?

१९ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा अन्तिम तीन जनाको नाम छनोट भएको छ ।

चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोज ज्ञवालीलाई अन्तिम तीन उम्मेदवारको रुपमा छनौट भएका हुन । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन विभागले ती तीन व्यक्तिको नाम छनौट गरेको हो ।

छनौटमा परेका तीन मध्ये साउद नेपाल इन्स्योरेन्सका पूर्वमहाप्रबन्धक हुन भने शर्मा प्राध्यापक हुन । त्यसैगरी ज्ञवाली ज्योती विकास बैंकका नायब कार्यकारी प्रमुख हुन् । यी तीन जना मध्येवाटै अब नेप्सेको महाप्रबन्धक छनौट हुनेछ ।

सो पदका लागि १३ जनाको आवेदन परेका थियो । १३ जना मध्ये अन्तिम पाँच जनामा परेका नेप्सेका पूर्वमहाप्रबन्धक सीताराम थपलिया आउट भएका छन् । त्यस्तै अन्तिम पाँचमा परेका नेप्सेकै कर्मचारी प्रवीण पन्दुक पनि अन्तिम तीनमा पर्न सकेनन् ।

साउद, शर्मा र ज्ञवालीमध्येका एकलाई सरकारले महाप्रबन्धक नियुक्त गर्नेछ । स्रोतका अनुसार यी तीनै जना अहिले सरकारका निर्णायक व्यक्तिकहाँ पहुँच बढाइरहेका छन् ।

नेप्सेको महाप्रबन्धक पद करिब अढाइ महिनादेखि खाली थियो । यो नियुक्ती सँगै अब पदले पूर्णता पाउने छ । पूँजी बजारमा महत्वपूर्ण परिवर्तनहरु ल्याउन सक्ने यो पदलाई यस क्षेत्रमा महत्वका साथ हेरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij