२०८३ साउन ९ शनिबार

व्यवस्थापिका संसदका ५९२ जना सांसदहरु अब ३९ दिनका पाहुना

ई आर्थिक    मंगलबार, भाद्र २७ २०७४
5.3K
Shares
व्यवस्थापिका संसदका ५९२ जना सांसदहरु अब ३९ दिनका पाहुना

२७ भदौ, काठमाडौं । व्यवस्थापिका संसदका ५९२ जना सांसदहरुको कार्यकाल अब ३९ दिनमात्र बाँकी रहने भएको छ ।

कात्तिक ५ गते पहिलो चरणको चुनावको उम्मेदवार मनोनयनअघि अर्थात ४ गते नै अहिलेका सांसदहरु भूतपूर्व हुने भएका हुन्।

नेपालको संविधानको धारा २९६ मा रुपान्तरित व्यवस्थापिका संसदको कार्यकाल २०७४ माघ ७ गतेसम्म रहने भनेको छ । तर कार्यकाल पूरा हुनु अगावै प्रतिनिधिसभा निर्वाचन हुने भएमा त्यस्तो निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म व्यवस्थापिका संसद कायम रहने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार कात्तिक ४ गतेबाट अहिलेका सांसदहरुको कार्यकाल समाप्त हुने संविधानविद समेत रहेका कांग्रेस सांसद राधेश्याम अधिकारीले बताए । मनोनयन कात्तिक ५ र १५ मा हुने भएकाले कुन मनोनयपत्र दाखिला गर्ने दिनलाई गन्ने भन्ने प्रश्न उठिरहेका बेला अधिकारीले यस्तो प्रतिक्रिया दिए ।

त्यसो त संविधानसभा अध्यक्ष समेत रहिसकेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि कात्तिक ४ लाई नै व्यवस्थापिका संसदका सदस्यहरुको अन्तिम कार्यकाल मान्नुपर्ने बताए । संयोगवश सांसदको कार्यकाल समाप्त हुने कात्तिक ४ गतेकै दिन हिन्दू धर्मावलम्बीहरुको ठूलो पर्व तिहारको भाइटीका परेको छ । सभामुख र उपसभामुख भने अर्को सभामुख र उपसभामुख चयन भएर नआएसम्म पदीय हैसियतमै रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij