२७ भदौ, काठमाडौं । सरकारले स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि पाँच दिन सार्वजनिक विदा दिने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि ५ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।
असोज २ गते प्रदेश नम्बर २ अन्तगतको १ सय ३६ वटा स्थानीय तहको निर्वाचन हुँदैछ।सोही निर्वाचनका लागि आगामी भाद्र ३० गतेदेखि असोज ३ गते ५ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।
निर्वाचान आयोगले यसअघि निर्वाचन हुने प्रदेशमा ५ दिन विदा दिन सरकारसँग आग्रह गरेबमोजिम सरकारले विदा दिने निर्णय गरेको सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिए ।