२४ भदौ, काठमाडौं । यही भदौको २७ गतेदेखि दशैंको अग्रीम टिकट बुकिङ खुल्ला हुने भएको छ । यातायात मन्त्री वीरबहादुर बलायरको उपस्थितिमा भएको सरोकारवाला सहितको बैठकले २७ गतेदेखि भदौं २७ देखि दशैंको अग्रीम टिकट बुकिङ खुल्ने टुंगो लागेको हो ।
मन्त्रालयले सार्वजनिक सवारीको वैज्ञानिक भाडादर समायोजनको प्रक्रिया अघि बढाउने आश्वासन दिएपछि व्यवसायी बुकिङ खुल्ला गर्न यातायात व्यवसायीहरु सहमत भएका हुन् ।
सरकारले यसअघि भदौ २२ गते बुकिङ खोल्ने निर्णय गरेपनि व्यवसायीले विभिन्न मागहरु तेर्स्याएर बुकिङ खोल्न मानेका थिएनन् ।
आजको बैठकमा पनि व्यवसायीले भाडा समायोजन प्रक्रिया अघि नबढे बुकिङ नखोल्ने व्यवसायीहरुले अडान लिएका थिए । यसले व्यवसायीका साथै सरकार र यात्रुहरुलाई अन्यौल बनाइदिएको थियो ।
मन्त्री वलायर सहितको छलफलले मन्त्रालयले सार्वजनिक सवारीको वैज्ञानिक भाडादर समायोजनको प्रक्रिया अघि बढाउने आश्वासन दिएपछि मात्र व्यवसायी बुकिङ खोल्न सहमत भएका थिए।
यही भदौं २७ गते मंगलवारबाट नयाँबसपार्क, गौशाला, बालाजु, कोटेश्वर, कलंकी लगायतका स्थानबाट अग्रीम बुकिङ खुला हुने यातायात व्यवस्था विभागले जानकारी दिएको छ।
दशैंमा यात्रुलाई सुरक्षित र सहज तवरले घर पुर्याउन सरकार प्रतिवद्ध पनि विभागको भनाई छ । साथै यसका लागि यातायात व्यवसायीको अपेक्षा समेत सरकारले गरेको छ ।
व्यवसायीले यसपटक सडकको अवस्था खबराव रहेको, छतमा सामान हाल्न नदिने अव्यवहारिक व्यवस्था गरेको, भाडादर समायोजनामा चासो नदिएको लगायतमा कारण देखाउँदै बुकिङ खोल्न आनाकानी गरिरहेका थिए ।
छलफलमा मन्त्री बलायरले व्यवसायीको मागमा विषयमा सरकार गम्भिर रहेको भन्दै दशैंमा यात्रुलाई सहज रुपमा घर जाने वातावरण बनाउन अनुरोध गरेका थिए । मन्त्रीको अनुरोध पछि व्यवसायीले बुकिङ खोल्ने विषयमा सहमत भएका हुन् । प्रत्येक बर्ष दशैं मान्न काठमाडौं उपत्यकाबाट मात्रै २५ लाख यात्रु बाहिरिने गरेको अनुमान छ ।