१८ भदौ, काठमाडौं । दशैंका अवसरमा मनिग्रामले आफ्ना ग्राहकहरुलाई कारोवारको दोब्बर रकम जित्ने अफर ल्याएको छ ।
मनिग्रामले शुक्रवार दशैं तथा तिहारको अवसर पारेर २ महिने विशेष कार्यक्रम सार्वजनिक गरेपछि ग्राहकहरूले उक्त अवसर प्राप्त गर्ने भएका हुन् ।
उक्त योजनाअन्तर्गत यो कार्यक्रम अवधिभर मनिग्राम मार्फत कारोवार गर्ने प्रत्येक ग्राहकले आफ्नो रकम दोब्बर बनाउने अवसर प्राप्त गर्नेछन् । १६ जना भाग्यशाली विजेताले कारोबार रकमको दोब्बर भुक्तानी पाउने कम्पनीले जानकारी दिएको छ । देशभर सञ्चालन हुने उक्त योजना अक्टुबर ३० सम्म मात्र लागू हुने कम्पनीले जानकारी दिएको छ ।