२०८३ साउन ९ शनिबार

नबिल बैंकले दिने भयो लगानीकर्तालाई ४८ प्रतिशत लाभांश

ई आर्थिक    आइतबार, भाद्र ११ २०७४
2.5K
Shares
नबिल बैंकले दिने भयो लगानीकर्तालाई ४८ प्रतिशत लाभांश

११ भदौ, काठमाडौं । नबिल बैंकले बोनस र नगद गरी जम्मा ४८ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ३० प्रतिशत बोनस र १८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको निर्णयलाई आगामी वार्षिक साधारण सभा र राष्ट्र बैंकले अनुमोदन गरेपछिमात्र सेयरधनीले लाभांस पाउनेछन् । नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ६२ करोड ८ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकको चुक्ता पुँजी ६ अर्ब १८ करोड ५५ लाख रुपैयाँ छ । नबिलको प्रतिसेयर आम्दानी (वार्षिक) ५८ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ २४६ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij