२०८३ साउन ९ शनिबार

कावेली बिकास बैंकको ५० प्रतिशत हकप्रद भदौ १८ बाट

ई आर्थिक    बिहिबार, भाद्र १ २०७४
4.1K
Shares
कावेली बिकास बैंकको ५० प्रतिशत हकप्रद भदौ १८ बाट

१ भदौ, काठमाडौं । कावेली बिकास बैंकले भदौ १८ गतेदेखि असोज २१ गतेसम्म हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

बैकले साउन १८ गतेसम्म कायम भएका शेयरधनीहरुको लागि दुर्इ शेयर बराबर एकको अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको हो। बैंकले तीन लाख ५० हजार ८८० कित्ता हकप्रद शेयरको निष्काशन गर्न लागेको हो।

यसको विक्री प्रवन्धक ग्लोबल आइएमइ क्यापिटल रहेको छ।

बैंकको हकप्रद आवेदनको लागि ग्लोबल आइएमर्इ क्यापिटल जमल, काबेली विकास बैंकका केद्रिय तथा शाखा कार्यालयहरु, ग्लोबल आइएमर्इ बैंकका शाखा कार्यालयहरु वीरगञ्ज, इटहरी, जनकपुर, चितवन, पोखरा, नेपालगंज, बुटवलमा दिन सकिन्छ।

बैंकको हाल अधिकृत पुंजी २५ करोड तथा जारी पुंजी १० करोड ५२ लाख ६४ हजार रुपैयाँ रहेको छ । हकप्रद शेयरको बिक्री पश्चात चुक्ता पुंजी १० करोड ५२ लाख ६४ हजार रुपैयाँ पुुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij