६ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आरएसडीसी लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर बितरणको प्रस्ताव स्वीकृत गरेको छ । बोर्डले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको हो ।
आरएसडीसीले १ः२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको २३ लाख कित्ता हकप्रद शेयर बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो ।
हकप्रदमा एनआइबीएल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्दैछ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा आरएसडीसीले १ करोड ५६ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । हाल यसको चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ छ ।