२०८३ साउन ९ शनिबार

व्यापारी राजकुमार श्रेष्ठलाई ‘हनी ट्र्यापिङ’मा फसाएर अपहरण गर्ने युवती पक्राउ

ई आर्थिक    मंगलबार, असार २७ २०७४
5.3K
Shares
व्यापारी राजकुमार श्रेष्ठलाई ‘हनी ट्र्यापिङ’मा फसाएर अपहरण गर्ने युवती पक्राउ

२७ असार, दाङ । तुलसीपुरका ५९ वर्षीय व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको आरोप लागेकी १७ वर्षीय युवती पुजा घर्तीमगर पक्राउ परेकी छन् । आफ्नै बुवासँग मिलेर अपहरण गरी हत्यामा संलग्न पूजा भारतबाट पक्राउ परेकी हुन् ।

व्यापारी श्रेष्ठलाई ‘हनी ट्र्यापिङ’ मा पारेर अपहरण गरी फिरौती माग्ने कार्यमा पूजाको संलग्नता खुलेपछि उनी फरार थिइन् ।

अपहरण पश्चात हत्या गरिएका तुलसीपुरका व्यापारी श्रेष्ठको अपहरणमा संलग्न भनिएकी ती युवतीलाई भारतको हिमान्चल प्रदेशबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ । उनलाई आजै साँझ अञ्चल प्रहरी कार्यालय तुलसीपुरले सार्वजनिक गर्दैछ ।

श्रेष्ठको हत्यामा संलग्न अन्य चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

पूजा घर्तीले फोन गरेर बोलाएपछि श्रेष्ठ सल्यानतर्फ जाँदै गर्दा अज्ञात समूहले बाटोबाटै अपहरण गरेको थियो । श्रेष्ठसँगै वेपत्ता भएका स्काभेटरको ठेक्कापट्टा गर्ने रणबहादुर घर्तीमगरको अवस्था भने अझै अज्ञात छ ।

अपहरणको तीन दिनपछि नै श्रेष्ठको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत जेठ २७ गते अपहरणमा परेका श्रेष्ठको शव भने यही असार १६ गते फेला परेको थियो ।

तुलसीपुर बजारस्थित बुटवल बस्त्रालयका सन्चालक ५२ वर्षीय श्रेष्ठको पैसाकै लागि अपहरण भएको खुलेको छ । प्रहरीकाअनुसार अपहरणकारीले एकपटक परिवारलाई सम्पर्क गरी ३ करोड फिरौती मागेका थिए, तर त्यतिबेला उनको हत्या भइसकेको थियो । शव सल्यानको छत्रेश्वरी गाउँपालिका-४ झिम्पे भन्ने स्थानमा ढुंगाको थुप्रोमा पुरिएको अवस्थामा भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij