२०८३ साउन १२ मंगलबार

राजपाका नेता चुपचाप, कार्यकर्ता मतदानमा : ठाकुर कार्यालयमै बसेर चुनावको जानकारी लिए

ई आर्थिक    बिहिबार, असार १५ २०७४
4.1K
Shares
राजपाका नेता चुपचाप, कार्यकर्ता मतदानमा : ठाकुर कार्यालयमै बसेर चुनावको जानकारी लिए

१५ असार, काठमाडौं । राजपा अध्यक्ष मण्डलका सदस्य र शीर्ष नेताहरु दोस्रो चरणको निर्वाचनको दिन बुधबार चुपचाप बसेका छन् । तर कार्यकर्ता भने, मतदानमा सहभागी भए । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य अनिल झा बुधबार काठमाडौ.मा थिए भने, सदस्यहरु राजेन्द्र महतो, महेन्द्र यादव, शरत्सिंह भण्डारी र राजकिोर यादव काठमाडौं बाहिर थिए ।

संयोजक ठाकुर बिजुलीबजारस्थित पुरानो तमलोपा पार्टी कार्यालयमै थिए । त्यहाँबाटे उनले निर्वाचन भएको तीन वटा प्रदेशको स्थितिबारे जानकारी लिएका छन् । रुपन्देही, नवलपरासी र कपिलवस्तुमा राजपाका अधिकांश कार्यकर्ताले पार्टी नीतिविपरीत मतदान गरेका छन् । आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij