काठमाडाैं । आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणी शर्मालाई थप ७ दिन हिरासतमा राखिने भएको छ । महानिर्देशक शर्मालाई विशेष अदालतले सो अनुमति दिएको हो ।
शर्मालाई राजस्व निर्धारणमा अनियमितता गरेको आरोपमा आन्तरिक राजस्व कार्यालयबाट पक्राउ गरिएको थियो । उनलाई पक्राउ परेको मिति जेठ १९ गते देखि लागु हुनेगरी ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न सो अदालतले अनुमति दिइएको थियो ।
पक्राउ परेका शर्माले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई पक्राउ गरेर विधिको शासनको उल्लघन गरेको आरोप लगाएका
छन् । पक्राउ परेसँगै शर्मा स्वतः निलम्बनमा परेका छन् । राजश्व निर्धारणमा भएको अनियमितताका प्रमाणहरु नष्ट पार्न सक्ने आशंकमा शर्मालाई पक्राउ गरिएको थियो ।