२०८३ साउन ९ शनिबार

बुम रेमिट र कृषि विकास बैंकबीच रेमिट्यान्स सम्झौता

ई आर्थिक    आइतबार, जेष्ठ २१ २०७४
4.8K
Shares
बुम रेमिट र कृषि विकास बैंकबीच रेमिट्यान्स सम्झौता

२१ जेठ, काठमाडौं । बुम रेमिट्यान्स प्रालिले कृषि विकास बैंक लिमिटेडलाई आफ्नो एजेन्ट नियुक्त गरेको छ । बुम रेमिट्यान्सले शुक्रबार कृषि विकास बैंक लिमिटेडलाई आफ्नो एजेन्ट नियुक्त गरेको हो ।

बुम रेमिट् मार्फत नेपालीले विदेश बाट पठाएको रकम कृषि विकास बैंक लिमिटेडले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्ने सम्झौता भएको हो । साथै कृषि विकास बैंकका शाखाहरुले बुम रेमिट्यान्ससँग आवद्घ अन्य रेमिट्यान्सको पनि भुक्तानी गर्न सक्नेछ ।

बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् भने कृषि विकास बैंकको २२४ वटा शाखाहरु रहेका छन् ।

उक्त सम्झौतामा बुम रेमिट्यान्सका तर्फबाट प्रबन्ध–निर्देशक धीरेन्द्र पन्त र कृषि विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले हस्तक्षर गरेका हुन् ।

आन्तरिक सञ्जाललाई तीव्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफ्नो सञ्जाललाई तीव्र रूपले विस्तार गर्दै जाने रणनीति रहेको जानकारी प्रबन्ध–निर्देशक धीरेन्द्र पन्तले जानकारी दिए । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकसँग सहर्काय गरी विदेशमा समेत बजार प्रवद्र्धन गरी नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रबन्ध मिलाएको छ । बुम रेमिटले हुन्डी कारोबारलाई निरुत्साहित गर्न नेपाल र विदेशमा बंैकिङ साक्षरता कार्यक्रम गर्दै आएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij