१९ जेठ, काठमाडौं । कामना विकास बैंकले ३० प्रतिशत हकप्रद शेयर बिक्री गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले कामनालाई १० बराबर ३(१०:३)अनुपातमा २४ लाख १३ हजार १३७.६० कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको हो ।
हकप्रदको बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट रहेको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन कामनाले हकप्रद बिक्री गर्न लागेको हो ।
यसका साथै, कामना र सेवा विकास बैंक एक आपसमा मर्ज हुने प्रस्तावसहित दुवैले जेठ २५ गते विशेष साधारण सभा बोलाएका छन् । मर्जपछि ‘कामना सेवा विकास बैंक’ नामबाट वित्तीय कारोबार गर्ने प्रस्ताव छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कामनाको चुक्ता पुँजी ८० करोड ४३ लाख ७९ हजार रुपैयाँ छ । बैंकले १४ करोड ४७ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।